सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कांग्रेस उपसभापति पदको मतगणना सुरु

कांग्रेस उपसभापति पदको मतगणना सुरु

4840
Shares
कांग्रेस उपसभापति पदको मतगणना सुरु

 

काठमाडौँ, मङ्सिर २९ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको उपसभापति पदको मतगणना सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि मतगणना सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

मतगणना तीन स्थानमा गरिएकाले आजै रातिसम्म नतिजा आउने अनुमान गरिएको छ । सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्येश्वरी शाहले उम्मेदवारी दिनुभएको थियो ।

मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रियसभा गृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित भइसक्नुभएको छ । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो ।

उपसभापति पदको मतपरिणाम आइसकेलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

4840
Shares

ट्रेन्डिङ