काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ मादनकुँडारीका राम लामाले काठमाण्डौँ विश्वविद्यालयमा कम उमेरमै विद्यावारिधी गर्ने रेकर्ड राख्नुभएको छ ।
२७ औँ दीक्षान्त समारोहमा लामाले सबैभन्दा कम उमेरमा विद्यावारिधी गर्ने रेकर्ड राख्नु भएको हो ।
२७ औं दीक्षान्त समारोहबाट राम लामा सहित रोहितकुमार मिश्र, लिना गुरुङ्ग, सुशिला श्रेष्ठ, श्रीकृष्ण वाग्ले, रविनराज निरौला, पारसमणी तिमल्सिना, दिपकप्रसाद बास्तोला, दिवाकर विष्ट, सञ्जय हमाल, रेवतकुमार ढकाल, देवेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण वाग्ले र दिपक खनाललाई सहकुलपति देवेन्द्रराज पौडेलले पिएचडीको उपाधि प्रदान गर्नु भएको थियो ।
यी मध्ये राम लामाले ३१ बर्षकै उमेरमा पिएचडीको उपाधि हासिल गर्नुभएको हो । लामाले हाईड्रोपावर मेकानिकल ईञ्जिनियर विषयमा पिएचडीको उपाधि हासिल गर्नुभएको हो ।
नर्वेजियन दुतावासको छात्राबृत्तिमा विशिष्ट श्रेणीमा पिएचडी उपाधि हासिल गरेको बताउनुभयो ।‘मैले मेकानिकल ईञ्जिनियरिङमा पिएचडी उपाधि हासिल गरेको हुँ ।
काठमाण्डौ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहबाट पिएचडी उपाधि हासिल गर्नेमा म सबैभन्दा कान्छो उमेरको हुँ । यो दीक्षान्त समारोहबाट पिएचडी उपाधि हासिल गर्नेमा कोहि त मेरा गुरुहरू नै हुनुहुन्छ । लामाले भन्नुभयो ।’
लामाले मादन कुँडारीको तत्कालिन स्वस्थानी निम्न माध्यामिक विद्यालबाट कक्षा ८ उत्तीर्ण गरेर सिर्जनशील जनता माध्यामिक विद्यालय मार्फत २०६२ सालमा एसएलसी पास गर्नुभएको थियो । दुर्गममै एसएलसी पास गर्नुभएका लामा काठमाडौं विश्वविद्यालयमा आइएससी अध्ययनका लागि भर्ना हुनुभएको थियो ।
काठमाडौं विश्वविद्यालयबाट आइएससी र हाइड्रोपावर, मेकानिकल ईञ्जिनियरिङमा स्नातक गर्नुभएका लामाले स्नातकोत्तर भने भारतको जवहरलाल नेहरू टेक्निोलोजिकल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण गर्नुभएको हो ।
जलविद्युत आयोजनाको विकासको क्रममा दूई बर्षको अनुभव समेत संगालि सक्नुभएका लामाले स्नातकोत्तरमा मेकानिकल ईञ्जिनियरिङ अध्ययनको लागि भारतीय दुतावासको छात्राबृत्ति पाउनुभएको थियो ।
सबै उच्च शिक्षा छात्राबृत्तिमा अध्ययन गर्नुभएका लामा अहिले काठमाडौं हाईड्रो सोलुशन प्रा.लि र काठमाडौं ईलेक्ट्रिक प्रा.लिको कार्यकारी अध्यक्ष हुनुहुन्छ ।
यहि कम्पनी मार्फत जलविद्युत आयोजनाहरूमा काम गर्दै आएको लामाले बताउनुभयो । लामा त्यसबाहेक काठमाडौं विश्वविद्यालयमा एकेडेमिय इन्डष्ट्रि कोअपरेशन विभागका संयोजकको रूपमा पनि कार्यरत हुनुहुन्छ ।
राम र लक्ष्मण च्याङबा तामाङ र कमिस्या तामाङको जुम्ल्याहा सन्तान हुन् । २०६९ सालमा काठमाडौं विश्वविद्यालयबाट दाजु राम लामाले मेकानिकल र भाइ लक्ष्मण लामाले इन्भारोमेन्टल इञ्जिनियरिङमा स्नताक गर्नुभएको थियो ।
हाल दुवै जनाले आफुहरू बाल्यकालमा गरेको विद्यालय स्वस्थानी माध्यामिक विद्यालय र सिर्जनशील जनता माविमा कक्षा ७, ८ र ९ का विज्ञान, गणित र अंग्रेजी विषयमा धेरै अंक ल्याउने मध्ये ३-३ जनालाई पुरस्कृति गर्ने उद्धेश्यले २०७७ सालबाट ‘जुम्ल्याहा इञ्जिनियर राम/लक्ष्मण लामा विज्ञान तथा प्रविधि पुरस्कार–२०७७’ स्थापना गरी बार्षिक २० हजारका दरले कोष खडा गरी पुरस्कृत गर्दै आउनुभएको छ ।