सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेली जनताको बदनाम हुने काम कुनै पनि हालतमा गर्दिन : मन्त्री हुमागाई

काभ्रेली जनताको बदनाम हुने काम कुनै पनि हालतमा गर्दिन : मन्त्री हुमागाई

6630
Shares
काभ्रेली जनताको बदनाम हुने काम कुनै पनि हालतमा गर्दिन : मन्त्री हुमागाई

 

काभ्रे : बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले काभ्रेली जनताको बदनाम हुने कुनै पनि नगर्ने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) बनेपा नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री हुमागाईले अहिलेसम्म पनि कुनै लोभ र आचारनहिन काम नगरेको भन्दै आगामी दिनमा पनि त्यस्ता काम नगर्ने विश्वास दिलाउनुभयो ।

‘मैले अहिलेसम्म कुनै पनि काम काभ्रेली जनताको हित विपरित गरेको छैन् । आगामी दिनमा पनि त्यस्तो काम गर्ने छैन् । निर्वाचनका बेला जनताको घरदैलोमा पुग्दा गरिएका कयौँ बाजाहरू पुरा नभए पनि सुरूवात गराएको छ । त्यो कामलाई पनि पुरा गर्नु छ । मन्त्री हुमागाईले भन्नुभयो ।’

मन्त्री हुमागाईले आफु साच्चै क्यान बोक्ने किसान रहेको बताउनुभयो । ‘म अहिले पनि क्यान बोक्ने किसान नै हुँ । यसैमा मलाई गर्व छ । मैले जिम्मेवारी पनि किसानकै क्षेत्रमा काम गर्ने मन्त्रालय पाएको छु । म दृढतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नेछु । मन्त्री हुमागाईले भन्नुभयो ।’

मन्त्री हुमागाईले सक्दो राम्रो काम गर्ने तर नराम्रो काम नगर्ने प्रष्ट पार्नुभयो । ‘मलाई कतैबाट एक पैसा भ्रष्टाचार गर्नु छैन् । मेरो श्रीमती अहिलेपनि ज्याला मजदुरी नै गर्ने हो ।

तपाईहरूले भन्नुभए जस्तै मेरो श्रीमतीले पनि बरू एक छाक मात्रै खाउँला तर कतैबाट नचाहिँदो ढंगले पैसा कमाएको सहदिनन् । मलाई त्यसरी पैसा धन आर्जन गर्ने छुट छैन् । तपाईहरू ढुक्क हुनुहोस् । मन्त्री हुमागाईको भनाई थियो ।’

कार्यक्रममा मन्त्री हुमागाईका धर्मपत्नी पनि संगै हुनुहुन्थ्यो ।

 

 

6630
Shares

ट्रेन्डिङ