सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जाडोमा आफ्नो स्वास्थ्यको यसरी ख्याल राख्नुहोस्

जाडोमा आफ्नो स्वास्थ्यको यसरी ख्याल राख्नुहोस्

5225
Shares
जाडोमा आफ्नो स्वास्थ्यको यसरी ख्याल राख्नुहोस्

 

जाडो महिना शुरुवातसंगै मानव स्वास्थ्यमा विभिन्न रोगहरुले सं क्र म ण गर्ने संम्भावना अत्याधिक मात्रामा हुने गर्छ।

गर्मीयाममा भन्दा जाडोको सिजनमा सानातिना रोगहरुले चाँडै समात्ने गर्दछ । जाडो महिनामा बालबालिका, गर्भवती र बृद्धबृद्धाले बढी मात्रामा सावधानी अपनाउनुपर्ने हुन्छ । रुघाखोकी, दम र सिजनल फ्लुजस्ता रोगहरुले उनीहरुलाई बढी सताउँने गर्दछ ।

स्वास्थ्यको हिसाबले बालबालिका, गर्भवती र बृद्धबृद्धालाई पहिलो प्राथमिकतामा हेरिए पनि जाडोयाममा सबैले धेरै मात्रामा चिसोबाट बच्नुपर्ने हुन्छ ।

चिसोले मुख्यतः ओठ, कुर्कुचा, छाला फुट्ने गर्दछ । साधारण रोग लागे पनि निको हुन प्राय लामो समय लाग्ने गर्दछ।

जाडोबाट बच्नका लागि न्यानो कपडाहरु, टोपी, सुईटर, ट्राउजर, मोजा लगाउने गरेमा टाउको तथा खुट्टाको पैतालाबाट चिसोले आक्रमण गर्दैन ।

चिसो समयमा बाहिर धेरै हिंडडुल कम गर्ने, तातो झोलिलो पदार्थ धेरै पिउने गरेमा चिसोबाट टाढा रहन सकिनेछ ।

चिसोका कारण मानिसले सरसफाईमा कम मात्रामा ध्यान दिने भएकाले शरीरमा विभिन्न किसिमका फोका, बिबिरा आउने गर्छन् ।

तातोपानीले शरीर सफाई र ओढ्ने, ओछ्याउने कपडालाई हप्ता दिन अन्तरमा सफागरी घाममा सुकाएर पुनः प्रयोग गरेमा त्यस्ता समस्याबाट छुटकारा मिल्ने चिकित्सकहरुको भनाई छ ।

5225
Shares

ट्रेन्डिङ