सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेको दोलालघाट सीमा विवाद समाधानका लागि यस्तो भयो निर्णय

काभ्रेको दोलालघाट सीमा विवाद समाधानका लागि यस्तो भयो निर्णय

5710
Shares
काभ्रेको दोलालघाट सीमा विवाद समाधानका लागि यस्तो भयो निर्णय

 

काभ्रे : दोलालघाट सीमा समस्या समाधानकोे लागि सरकारलाई अनुरोध गरिनेभएको छ ।

काभ्रे र सिन्धुपाल्चोकाका नागरिकबिच सिमानाको विषयलाई लिएर वि वा द बारम्बार विवाद हुँदै आएको छ ।

सिन्धुपाल्चोक र काभ्रेको सिमाना दोलालघाटमा मंसिर २९ गते बुधबार पनि वि वा द भएको थियो ।

दुवै जिल्लाका नागरिक सिमाना दाबी गर्दै वि वा दको स्थिति सृजना भएपछि प्र ह री परिचालित भएका थिए ।

त्यसैको विषयमा छलफल गर्न आज सरोकारवाला र जनप्रतिनिधिको बैठक बसेको थियो ।

उनीहरुले ईन्द्रावती नदिको बिचमा पर्ने दोलालघाट बजार क्षेत्रदेखि वनदेउ पिपलबोट डुम्रेघासम्मको भू–भाग आ–आफ्नो क्षेत्रमा पर्ने दाबी गरेका थिए ।

यद्यपि २०३३ माघ २८ गतेको राजपत्रमा सो क्षेत्रको भूभाग सिन्धुपाल्चोक जिल्लामा रहेको देखिएपनि २०३२ देखि ३०३४ सम्म नाप भएको नक्सामा उक्त क्षेत्र काभ्रेपलान्चोक जिल्लामा परेको छ ।

त्यस्तै २०६७ कार्तिक २४ गते सशस्त्र प्र ह रीबल वनदेउलाई साविक काभ्रे भुम्लुटार ६ को ६९१ हेक्टर जमिन उपलब्ध गराउने लगायत फरक फरक विषयलाई लिएर पनि दुई जिल्लाबिच वि वाद छ ।

यसलाई जतिसक्दो चाँडो समाधान गर्न गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

5710
Shares

ट्रेन्डिङ