सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ‘जनता ठग्ने कार्यक्रम बन्द हुन्छ’ : मन्त्री बसुन्धरा हुमागाईं

‘जनता ठग्ने कार्यक्रम बन्द हुन्छ’ : मन्त्री बसुन्धरा हुमागाईं

4990
Shares
‘जनता ठग्ने कार्यक्रम बन्द हुन्छ’ : मन्त्री बसुन्धरा हुमागाईं

 

काभ्रे, ४ पुस : वाग्मती प्रदेशका कृषि तथा पशुपक्षीमन्त्री बसुन्धरा हुमागाईंले किसानका नाममा मन्त्रालयबाट गलत काम भएका रहेछन् भने त्यसलाई खारेज गर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलीखेलमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उहाँले वास्तविक किसानको पहुँच नपुग्ने परियोजना तथा कार्यक्रम खारेज गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले कृषि र पशुपालन देशको अर्थतन्त्रको प्रमुख स्रोत भए पनि विदेशबाट माछा, मासु, फलफूल, तरकारी, खाद्यन्नसमेत आयात गर्नुपर्ने अवस्थालाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा सरकारले विभिन्न कार्यक्रम अगाडि सारिरहेको बताउनुभयो ।

मन्त्री हुमागाईंले प्रत्येक पालिकामा पशुको उपचार गर्ने स्वास्थ्य केन्द्र निर्माण गर्ने विषयमा अध्ययन भइरहेको र त्यसका लागि प्राविधिकसँग सुझाव लिएर प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

जिल्ला दुग्ध सरकारी सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष केशव बडालले पछिल्लो समयमा कृषिको नाममा किसानलाई हित हुने खालको कामभन्दा पनि बजेट लिनलाई मात्रै संस्था स्थापना गर्ने र पैसा अनुदान लिएपछि अन्यत्र नै प्रयोग गर्ने गरेको पाइएको बताउनुभयो ।

बाख्रापालक किसान दीपक गौतमले ठूला योजनाभन्दा पनि साना–साना किसानलाई पनि लक्षित हुने खालको वास्तविक किसानले लाभ लिन पाउने खालका तालिम र बजेटको व्यवस्थापन गर्न सम्बन्धित कार्यालयको ध्यान जानुपर्ने बताउनुभयो । रासस

 

4990
Shares

ट्रेन्डिङ