सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा आज ६ जना कोरोना सङ्क्रमित थपिए

काभ्रेमा आज ६ जना कोरोना सङ्क्रमित थपिए

2090
Shares
काभ्रेमा आज ६ जना कोरोना  सङ्क्रमित थपिए

 

काभ्रे जिल्लामा आज ६ जनामा को रो ना भाइसरको सं क्र म ण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन गरी २२ जना मा गरिएको परिक्षणमा ६ जनामा को रो ना देखिएको हो । आजसम्म जिल्लाका १४ हजार ८३३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

त्यस्तै आज को रो नाका एक जना बिरामी निको भएका छन् । हालसम्म जिल्लामा संक्रमणमुक्त हुनेको संख्या १४ हजार ६११ छ ।

जिल्लामा अहिले २९जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । बनेपामा अहिले ९ जना कोरोनाका सक्रिय विरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै धुलिखेलमा ८, पाँचखालमा २, नमोबुद्धमा १,पनौती नगरपालिकामा ७, र भुम्लु गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ३ जना संस्थागत आइशोलेसनमा छन् भने बाँकी सबैजना होम आइसोलेशनमा छन।

यसैबिच पछिल्लो २४ घण्टामा जिल्लाका ३०४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । धुलिखेल नगरपालिका र महाभारत गाउँपालिकामा गरी ३०४ जनाले खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम राज सेढाईँले जानकारी दिए ।

2090
Shares

ट्रेन्डिङ