सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब भ्वाईस सेवा २५ पैसा प्रति मिनेटमा

एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब भ्वाईस सेवा २५ पैसा प्रति मिनेटमा

4530
Shares
एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब भ्वाईस सेवा २५ पैसा प्रति मिनेटमा

देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रति मिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् ।
यो योजना सोमबार (मंसिर ६, २०७३) बाट लागु हुनेछ । यस योजना अन्र्तगत हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । यसको मतलब, रु ११ मा ११ मिनेट टक टाईम भएको दैनिक भ्वाईस प्याकको खरिदमा अब ग्राहकले २२ मिनेट टक टाईम प्राप्त गर्नेछन् जुन २४ घण्टाको लागि मान्य हुनेछ ।
साप्ताहिक भ्वाईस प्याकमा ग्राहकले रु ६० मा सात दिनको समयसिमा भएको १४० मिनेट टक टाईम पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेट पाउने गरेकाछन् । त्यसैगरी, मासिक भ्वाईस प्याकमा अब ग्राहकले रु २०० मा ४०० मिनेट नभई ८०० मिनेट प्राप्त गर्नेछन् । यसरी ग्राहकले अब मासिक भ्वाईस प्याक खरिद गर्दा २५ पैसा प्रति मिनेट सम्ममा कल गर्न सक्नेछन् । भ्वाईस प्याकका मुल्यहरु कर सहितका हुन् ।

New brand logo of Ncell - an Axiata company.
ग्राहकले आफ्नो भ्वाईस सेवाको आवश्यकता अनुसार युएसएसडी, आईभिआर, एसएमएस लगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरि ‘एकमा दुई अफर’ लाभ लिन सक्नेछन् । ग्राहकले १७११८ डायल गरेर दैनिक भ्वाईस प्याकका लागि १, साप्ताहिक भ्वाईस प्याकका लागि २ र मासिक भ्वाईस प्याकका लागि ५ थिचेर यो सेवा सुचारु गर्न सक्नेछन् । युएसएसडीबाट सेवा सुचारु गर्न ग्राहकहरुले एस्ट्रिक १७११८ ह्यास डायल गरि आफुलाई चाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी, एसएमएस मार्फत भ्वाईस प्याक खरिद गर्न ग्राहकहरुले दैनिक भ्वाईस प्याकका लागि ११, साप्ताहिक भ्वाईस प्याकका लागि ६० र मासिक भ्वाईस प्याकका लागि २०० टाइप गरी १७११८ मा एसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् ।
‘‘सेवाको शुल्क अझै घटाउँदै ग्राहकहरुका लागि थप मुल्य प्रदान गर्न यो अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । सुलभ दरमा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप यो अफर ल्याइएको छ ।’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
एकमा दुई अफर तीन महिनाको लागि मान्य हुनेछ । भ्वाईस प्याकको समयावधि सकिएपछि वा टक टाइम सकिएपछि, ग्राहकहरुलाई एनसेलबाट एनसेलमा कल गर्दा विद्यमान् शुल्क रु २.५० (कर सहित) प्रति मिनट लाग्ने छ ।
4530
Shares

ट्रेन्डिङ