सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • के एफ सी को नयाँ शाखा आइप्लेक्स मल बानेश्वरमा

के एफ सी को नयाँ शाखा आइप्लेक्स मल बानेश्वरमा

3900
Shares
के एफ सी को नयाँ शाखा आइप्लेक्स मल बानेश्वरमा

 

काठमाडौं : अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के एफ सी ले बानेश्वरमा नयाँ शाखा बिस्तार गरेको छ ।

आइप्लेक्स मलमा खोलिएको के एफ सी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा बिभिन्न चिकेन परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । के एफ सी. रेष्टुँरा देवयानी इन्टरनेशनल नेपाल प्रा लि ले सञ्चालमा ल्याएको हो ।

के एफ सी ले आफ्ना गा्रहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरेको छ ।

जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।

रेष्टुँराका कर्मचारीहरुले हरेक गा्रहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् ।

हरेक ग्राहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ । के एफ सी रेष्टुराँ १७१४ वर्ग फिट क्षेत्रफलमा खोलिएको छ ।

के एफ सी रेष्टुराँमा एक पटकमा ४५ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेस्टुँराले हाल विहान ११ बजे बाट रातको ११ बजे सम्म डाइन–इन र टेक अवे र होमल हेलिभरी मार्फत सेवा दिइरहेको छ । भोजडिल, फुड बस्टर र फुडमाण्डू मार्फत होम डेलिभरीको सेवा लिन सकिनेछ ।

 

3900
Shares

ट्रेन्डिङ