सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काँग्रेस केन्द्रिय सदस्य गणेश लामा जनकपुरमा

काँग्रेस केन्द्रिय सदस्य गणेश लामा जनकपुरमा

8270
Shares
काँग्रेस केन्द्रिय सदस्य गणेश लामा जनकपुरमा

 

नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य गणेश लामा जनकपुर पुगेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर–२ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

काँग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा प्याननलबाट प्रदेश नं २ बाट सभापति,उपसभापति,महामन्त्री र सहमहामन्त्रीका उम्मेरदवारलाई सहयोग गर्न नेता लामा र बागमती प्रदेशका सभापति इन्द्र बाँनिया जनकपुर पुगेका हुन्।

देउवा प्यानलबाट सभापतिमा कृष्णा यादव,उपसभापतिमा वीरेन्द्र सिंह, चन्द्रशेखर यादव,महामन्त्री पेन्द्र यादव, वृहस्पतिकुमार श्रेष्ठ,सहमहामन्त्रीमा जयनारायण यादव,परशुराम चौधरी र रीता यादव लगायत सदस्यहरूले उमेदवारी दिएका छन् ।

लामा यतिबेला उनै उम्मेरदवारहरुको लागि मत माग्न व्यस्त छन् । यूवा नेता लामाले प्रदेशमा देउवा प्यानललाई निर्वाचित गराउन पनि आग्रह गरेका छन् । सभापति बाँनिया र लामा केन्द्रीय सभापति देउवाको निर्देशनमा जनकपुर पुगेका हुन्।

प्रदेश नं २ मा केहि विवादका कारण केन्द्रिय महाधिवेशन पछि प्रदेश अधिवेशन आज हुँदै छ।

नेता लामा जारी १४ औँ महाधिवेशनबाट काभ्रे काँग्रेसको इतिहासमा पहिलो पटक केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

8270
Shares

ट्रेन्डिङ