सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा दर्ता नभएका सहकारी, पैसा उठाउने प्रतिनिधि छ्याप छ्याप्ती !

काभ्रेमा दर्ता नभएका सहकारी, पैसा उठाउने प्रतिनिधि छ्याप छ्याप्ती !

9330
Shares
काभ्रेमा दर्ता नभएका सहकारी, पैसा उठाउने प्रतिनिधि छ्याप छ्याप्ती !

 

काभ्रे: बैंक, वित्तिय संस्था र सहकारीको समेत हप रहेको काभ्रेको मुख्य ब्यापारिक केन्द्र बनेपामा पछिल्लो समय निकै आर्थिक विकृती फैलान थालेको पाइएको छ ।

खासगरी सहकारी संस्थाहरु यसको मतियार बनेका छन् । कतिपय सहकारीले राम्रै काम गरेपछि धेरै जसोको भने कमाई खाने मुख्य स्रोत बनेको छ ।

कोअपरेटिभ मेनेजर्सं क्लब काभ्रेपलाञ्चोकले पछिल्लो समय बजारमा दर्ता बिनाकै सहकारीका प्रतिनिधिहरु रकम संकलन गर्न आइरहेको भन्दै सचेत रहन विज्ञप्ति नै जारी गरेको छ ।

अध्यक्ष विवेक राज ठकुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छः केही दिनयता बनेपा बजारमा केही अनधिकृत ब्यक्तिहरुबाट पसल पसलमा गई फलानो सहकारीको बजार प्रतिनिधि भन्दै झ्क्याई रकम संकलन गर्ने गरेको कुरा थाहा हुन आएकाले यस विषयमा चनाखो भई सावधानी अपनाउन सबै संस्थाहरुमा ध्यानाकर्षण गराइन्छ ।’

विज्ञप्तिमा थप भनिएको छः दैनिक रुपमा बचत गने्र्र सहकारी संस्थामा आवद्ध सदस्यहरुमा समेत संकलनमा आएका ब्यक्ति सम्बन्धित सहकारीको आधिकारित ब्यक्ति हो, होइन यकिन गरेर मात्र बचत गर्नु गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ ।’

कोअपरेटिभ मेनेजर्सं क्लब काभ्रेपलाञ्चोकले बजारमा कुनै शंकास्पद ब्यक्ति रकम संकलन गर्दै गरेको फेला परेमा तुरुन्त नजिकको प्र हरी कार्यालयमा खबर गर्न समेत अनुरोध गरेको छ ।

बचत कर्ताहरु सचेत नहुने हो भने ठूलो संख्यामा ठगी पर्न सक्ने देखिएको छ । यसमा प्र हरी प्रशासन पनि सचेत हुनु पर्ने देखिन्छ ।

 

9330
Shares

ट्रेन्डिङ