सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको पनौतीमा बन्दैछ २२० घरसहितको सिजी भिलेज

काभ्रेको पनौतीमा बन्दैछ २२० घरसहितको सिजी भिलेज

11235
Shares
काभ्रेको पनौतीमा बन्दैछ २२० घरसहितको सिजी भिलेज

 

काभ्रे : काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको सिजी प्रोपर्टीजले काभ्रे जिल्लाको पनौतीमा ‘सिजी भिलेज’ निर्माण सुरू गरेको छ ।

कम्पनीले पनौतीको भण्डारी गाउँमा १ सय ११ रोपनी क्षेत्रफलमा २ सय २० युनिट घरहरु भएको आधुनिक सुविधा सम्पन्‍न सिजी भिलेज निर्माण गर्न लागेको हो ।

परम्परागत र आधुनिक शैलीको समिश्रणबाट बनाइएका यी घरहरुमा आधुनिक सुविधाहरु रहनेछन् । पनौतीको सिजी भिलेजलाई ‘होलिडे होम’का रुपमा अगाडि सारिएको छ ।

हप्ताको ५/६ दिन काम गरेर विदाको दिन बस्‍नका लागि जाने घरको कन्सेप्टका रुपमा सिजी भिलेज पनौतीलाई उतारिएको छ ।अहिले परियोजनाका घरहरु धमाधम बुकिङ भइरहेको सिजी प्रोपर्टीजकी मार्केटिङ म्यानेजर नितिज्ञा चन्दले बताइन ।

उनका अनुसार तत्कालका लागि ४ आना क्षेत्रफलमा बन्‍ने घरहरुको बुकिङ खुला गरिएको छ । पहिलो चरणमा बन्‍ने ४ आनाका घरको मूल्य १ करोड ७३ लाख रुपैयाँदेखि १ करोड ८७ लाख रुपैयाँसम्म तोकिएको छ ।

दोस्रो चरणमा बन्‍ने ठूला प्लटको घरको बुकिङ खुल्न केही समय लाग्‍ने उनको भनाई छ । अहिले बुकिङ भएका घरहरु तीन बर्षभित्र निर्माण सम्पन्‍न गरेर ग्राहकलाई हस्तान्तरण गरिसक्ने कम्पनीको लक्ष्य छ ।

काठमाडौंबाट झण्डै १ घण्टाको ड्राइभमा पुगिने यो ठाउँबाट काठमाडौं दैनिक आउजाउ गर्न सकिने विश्वाससहित धेरै ग्राहकहरुले घर बुकिङ गर्न थालेका छन् । पनौतीको सिजी भिलेजमा पुग्‍नका लागि काठमाडौंको नयाँ बानेश्वरबाट करीव ३० किलोमिटर दुरी पर्छ ।

बनेपा बजारदेखि पनौती भिलेजको दुरी करीव ८ किलोमिटर छ । पनौती बसपार्कबाट सिजी भिलेज पुग्‍न २ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।
सिजी भिलेजमा निर्माण घरमा सबै बेडरुम र लिभिङ रुममा लेमिनेटेड वुड फ्लोरिङ, मोडुलर किचन, इनहोम पार्किङ, सडक बत्तिहरुका लागि पावर ब्याकअप, सीसीटीभी सर्भिलेन्स, टेलिफोन, केवल टीभी, इन्टेरनेट र इन्टरकम नेटवर्किङ, भूकम्प प्रतिरोधी मापदण्डको डिजाइन तथा निर्माणले युक्त हुनेछन् ।

हरेक घरमा ४ वटा बेडरुम, एउटा लिभिङ रुम र किचन हुनेछन् । ग्राउन्ड फ्लोरमा गाडी पार्किङसहित लिभिङ, डाइनिङ र किचन हुने बताइएको छ ।

घरको पहिलो तलामा ३ वटा बेडरुम र दुईवटा बाथरुम हुनेछन् । पहिलो तलामा ८ फिट चाैँडाइ र १० फिट लम्बाईको खुला टेरेस पनि हुनेछ । तेस्रो तलामा एउटा बेडरुम र एउटा बाथरुम हुने बताइएको छ ।

सिजी भिलेज परिसरमै कमर्सियल भवन हुनेछ जहाँ ग्रोसरी, क्याट्रिङ र क्लब हाउस लगायत सुविधाहरु उपलब्ध गराइने छ । ठूला घर, फराकिला सडक, खानेपानीको पर्याप्त व्यवस्था, खुला ठाउँ, गार्डेनिङ लगायत सुविधा सिजी भिलेजमा हुनेछन् ।

काठमाडौंको भिडभाड र कोलाहलबाट टाढा शान्त र रमणिय ठाउँमा बस्‍न मन पराउनेका लागि सिजी भिलेज आकर्षक ठाउँ हुने चन्द बताउँछिन् । काठमाडौंमा अत्याधिक भिडभाड हुनुका साथै घरजग्गाको मूल्य अचाक्ली बढेको छ ।

काठमाडौंको नजिकै सस्तो मूल्यमा हाउजिङका घरहरु खोज्‍ने बर्ग र हप्ताको ६/७ दिन शहरमा काम गरेर शान्त र रमणिय ठाउँमा बस्‍न जान खोज्‍ने एलिट बर्गलाई तार्गेट गरेर पनौतीमा सिजी भिलेज निर्माण गर्न लागेको चन्दले बताइन ।

 

 

11235
Shares

ट्रेन्डिङ