सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

2475
Shares
काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

 

काभ्रे जिल्लामा आज ४ जनामा को रो ना भाइसरको सं क्र म ण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन गरी ६१ जना मा गरिएको परिक्षणमा ४ जनामा कोरोना देखिएको हो ।

त्यस्तै आज कुनैपनि कोरोनाका बिरामी निको भएका छैनन् । आजसम्म जिल्लाका १४ हजार ८३७ जनामा कोरोना पुष्टि भइसकेको छ ।

हालसम्म जिल्लामा संक्रमणमुक्त हुनेको संख्या १४ हजार ६११ छ । जिल्लामा अहिले ३३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । बनेपामा अहिले ११ जना कोरोनाका सक्रिय विरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै धुलिखेलमा ९, पाँचखालमा २, नमोबुद्धमा १,पनौती नगरपालिकामा ७, र भुम्लु गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ३ जना संस्थागत आइशोलेसनमा छन् भने बाँकी ३० जना होम आइसोलेशनमा छन।

यसैबिच पछिल्लो २४ घण्टामा जिल्लाका ६४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बनेपा नगरपालिका र बेथानचोक गाउँपालिकामा गरी ६४८ जनाले खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम राज सेढाईँले जानकारी दिए ।

 

 

2475
Shares

ट्रेन्डिङ