सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीतिमा चुपचाप ‘भिम बा’ !

राजनीतिमा चुपचाप ‘भिम बा’ !

4760
Shares
राजनीतिमा चुपचाप ‘भिम बा’ !

 

‘भिम बा’ । अर्थात पनौती नगरपालिकाका नगरप्रमुख भिम न्यौपाने ।

शालिन स्वभाव । सबैसँग घुममिल छिट्टै भै हाल्ने । सकेसम्म कसैलाई नचिडाउने । बृद्धबृद्धा देखि बालबालिकासम्मले यस्तै रुपमा चिन्छन् ‘भिम बा’ लाई ।

तर पछिल्लो समय राजनीतिमा केहि चुपचाप जस्तै देखिनुहुन्छ ‘भिम बा’ । २०७२ सालमा बनेपामा सम्पन्न एमालेको ९ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हुनुहुन्थ्यो भिम न्यौपाने ।

त्यो बेला न्यौपानेले केपी ओली समूहको नेतृत्व गर्नुभएको थियो । माधव नेपाल समूहबाट अध्यक्षका उम्मेदवार टोक बहादुर वाइबा बाहेक सबै पदाधिकारी र अधिकांश जिल्ला कमिटी सदस्य पराजित भएका थिए ।

सिँगो कमिटीमा ओली समूहको बहुमत हुँदा अध्यक्षका उम्मेदवार न्यौपाने मात्रै पदाधिकारीमा पराजित हुनुभयो ।

जिल्ला अध्यक्षमा पराजित पश्चात न्यौपानेको पार्टी राजनीतिमा भने सक्रिय कम रहेको बताइन्छ । नगरपालिकामै न्यौपाने ब्यस्त रहँदै आउनुभएको छ ।

२०४९ र २०५४ सालमा एमालेबाटै तत्कालिन कुशादेवी गाविसको अध्यक्षमा निर्वाचित भएर काम गरिसक्नुभएका न्यौपाने २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनौती नगरपालिकाको मेयरमा विजयी हुनुभएको हो ।

मेयर न्यौपानेले भन्नुभयो ‘पार्टीको काममा बिल्कुलै निस्क्रिय भएको होइन् । मेरो धारणा चाँहि के हो भने म जुन पदमा बस्छु त्यो इमान्दारी पूर्वक पुरा गरौँ भन्ने हो ।

अहिले म मेयर छु । यहाँ पनि जनताकै सेवा गरिरहेको छु । नगरपालिकाकै काममा धेरै समय खर्च हुन्छ । सकेसम्म पार्टी कामलाई पनि समय दिइरहेकै छु ।’

न्यौपानेलाई अर्को प्रश्न थियो ‘अब फेरी पार्टी अध्यक्षका लागि तपाईको दाबी रहन्छ कि रहँदैँन ? ‘हो जिल्ला अधिवेशन नजिकिसकेको छ । म साथीहरुसँग अब कसरी अगाडी बढ्ने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेको छु ।

साथीहरुको सल्लाह बमोजिम नै म ठोस निर्णय लिनेछु ।’ न्यौपानेले भन्नुभयो ।’

 

 

4760
Shares

ट्रेन्डिङ