सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

5685
Shares
कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

 

दाङ, ९ पुस : दाङमा कर्तव्य ज्यान मु द्दामा २० वर्ष कै द फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्र ह रीले जनाएको छ ।

घोराही कारागारका नाइके रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेको प्र ह री उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिनुभयो ।

उनी प्र ह री जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्र ह री जवान चौधरीकै मोटरसाइकल लिएर भागेको बताइएको छ ।

घ ट नाबारे चौधरीले अपराह्न ४ बजेतिर मात्रै जानकारी दिनुले पनि आशङ्का गर्ने प्रशस्त आधार देखिएकाले प्र ह री जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्र ह री प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

बीस वर्ष कै द सजाए तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए । परियारको खोजीमा प्र ह री परिचालन गरिएको जिल्ला प्र ह री कार्यालयले जनाएको छ ।

 

5685
Shares

ट्रेन्डिङ