सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रे एमालेले धुलिखेलमा शक्ति प्रदर्शन गर्ने, अहिलेसम्मकै धेरै कार्यकर्ता उतार्दै

काभ्रे एमालेले धुलिखेलमा शक्ति प्रदर्शन गर्ने, अहिलेसम्मकै धेरै कार्यकर्ता उतार्दै

6420
Shares
काभ्रे एमालेले  धुलिखेलमा शक्ति प्रदर्शन गर्ने, अहिलेसम्मकै धेरै कार्यकर्ता उतार्दै

 

काभ्रे एमालेले यहि पुस २३ गते धुलिखेलमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

१० औं जिल्ला अधिवेशनको उदघाटनका दिन एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो । अधिवेशनको उदघाटन केन्द्रीय पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले गर्ने गरी तयारी थालिएको छ ।

त्यो दिन धुलिखेल नगरपालिकाको वडा ७ स्थित रंगशालामा हजारौं कार्यकर्ता उतार्ने एमाले काभ्रेले जनाएको छ । जिल्लाको १३ वटा पालिका र काभ्रे-काठमाडौँ सम्पर्क मञ्चका सहित गरेर ३४ हजार ३ सय नेता कार्यकर्ता रंगशालामा भेला हुनेछन् ।

अधिवेशनमा सबैभन्दा बढी धुलिखेल, बनेपा र पनौती नगर कमिटीले ५/५ हजार जनसहभागिता गराउनु पर्ने जिल्ला कमिटीले निर्णय गरेको छ ।

त्यस्तै मण्डनदेउपुर नगर कमिटीले ४ हजार, पाँचखाल नगर कमिटीले ३ हजार र नमोबुद्ध नगर कमिटीले २ हजार ५ सय सहभागी गराउने जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

यो तथ्याङ्क हेर्दा जिल्लाको ६ वटा नगरपालिकाबाट मात्रै २४ हजार ५ सय एमाले नेता कार्यकर्ता रंगशालामा सहभागी हुनेछन् ।

जिल्लाको ७ वटा गाउँपालिका मध्ये तेमाल गाउँपालिका कमिटीले २ हजार कार्यकर्ता उतार्ने निर्णय जिल्ला कमिटीले गरेको छ । भुम्लु, चौरीदेराली, रोशी र बेथानचोक गाउँपालिका कमिटीले १/१ हजार कार्यकर्ता सहभागी गराउनु पर्ने छ ।

महाभारतले ३ सय र खानीखोला गाउँपालिका कमिटीलाई ५ सय कार्यकर्ता सहभागी गराउने जिम्मा तोकिएको छ ।

७ वटा गाउँपालिकाबाट मात्रै एमालेले ६ हजार ८ सय कार्यकर्ता रंगशालामा उतार्ने छ । त्यस्तैगरी काभ्रे-काठमाडौं सम्पर्क मञ्चबाट ३ हजार कार्यकर्ता सहभागी हुने अध्यक्ष ब्याञ्जुले बताउनुभयो ।

जिल्ला कमिटीले अधिवेशनमा सहभागीहुने सबैका लागि यातायातको ब्यवस्थापन स्थानीय कमिटीले नै गर्नु पर्ने निर्णय गरेको छ । एमालेको १० औं जिल्ला अधिवेशनको उदघाटन सत्र रंगशालामा र बन्द सत्र धुलिखेल नगरपालिकाको हलमा हुनेछ ।

 

 

6420
Shares

ट्रेन्डिङ