सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सहकारीको चुनावः काभ्रेमा एमालेलाई ठूलो झट्का !

सहकारीको चुनावः काभ्रेमा एमालेलाई ठूलो झट्का !

7620
Shares
सहकारीको चुनावः काभ्रेमा एमालेलाई ठूलो झट्का !

 

काभ्रेमा एमालेलाई ठूलो झट्का लागेको छ । शनिबार बुडोलमा सकिएको काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीको २४ औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा एमालेले नराम्रो हार ब्यहोरेको छ ।

निर्वाचनमा एमाले एक्लै र सत्ता गठबन्धन बीच निर्वाचन भएको थियो । अध्यक्षमा १०३ मत सहित सत्ता गठबन्धनका उम्मेदवार जीतेन्द्र नकर्मी विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी एमाले पक्षधर अध्यक्ष उम्मेदवार उदयराम कायस्थले ८८ मत ल्याउनु भएको छ ।

पुरुष उपाध्यक्षमा एमाले पक्षका सागरनाथ कपाली निर्विरोध निर्वाचित हुनुभएको छ । महिला उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निर्मला श्रेष्ठ १०६ मत सहित विजयी हुनुभएको छ । श्रेष्ठका प्रतिद्धन्द्धी एमाले पक्षका तीर्थमाया प्रधानले ८२ मत प्राप्त गर्नुभएको छ ।

सचिबमा सत्ता गठबन्धनका सुरेन्द्र प्रसाद पौडेल प्रतिद्ध न्द्धी भन्दा १ मत बढी ल्याएर विजयी हुनुभएको छ । पौडेलले ९५ मत ल्याएर विजयी हुँदा एमाले पक्षको जेन लामाले ९४ मत ल्याएर पराजीत हुनुभयो ।

कोषाध्यक्षमा सत्ता गठबन्धनकै जीवन श्रेष्ठ १०६ मत सहित विजयी हुनुभएको छ । भने उहाँका प्रतिद्धन्द्धी उपेन्द्र प्रसाद हुमागाईले ८१ र हरिगोपाल प्रधानाङ्गले ५ मत प्राप्त गर्नुभएको छ ।

उपसचिबमा विकास बादे निर्वारोध निर्वाचिन हुनुभएको छ । बादे पनि उत्ता गठबन्धनकै उम्मेदवार भएको दाबी गरिएको छ । यद्यदी बादेलाई दुबै समूहले उम्मेदवार बनाएका थिए ।

सञ्चालक समिति सदस्यमा सत्ता गठबन्धनका रुशन श्रेष्ठ १२० मत, बालकृष्ण दाहाल ११४ मत, गणेश कुमार तामाङ ९७ मत, एमाले तर्फका रमेश न्यौपाने ८८ मत र बिनोद सापकोटा ९८ मत सहित विजयी हुनुभएको छ ।

त्यस्तै महिला सञ्चालक सदस्यमा सत्ता गठबन्धन र एमाले तर्फबाट एक एक जना निर्वाचित भएका छन् । गबन्धनबाट ज्ञानु दाहाल ११४ मत र एमाले तर्फ सत्यवती भट्टराईले ११३ मत ल्याएर विजयी हुनुभएको छ । अर्को उमेदवार कमला तामाङले ९२ मत ल्याउनुभएको छ ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिमा एमालेले कब्जा जमाएको छ । संयोजकमा शिव प्रसाद आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा एमालेकै उम्मेदवार विजयी भएका छन् ।

दिपेन्द्र श्रेष्ठ ११३ र पुष्पराज कोइरालाले ११२ मत ल्याएर विजयी हुनुभएको हो । सत्ता गठबन्धनका सदस्य कृष्ण प्रसाद मैनालीले १०२ मत मात्रै प्राप्त गर्नुभएको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गठबन्धन भएको थियो । यद्यपी गठबन्धनमा केहि समस्या आउँदा केहि पदमा एमालेले जित्न सफल भएको बुझिएको छ ।

 

 

7620
Shares

ट्रेन्डिङ