सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

4140
Shares
काभ्रेमा आज कति जनामा देखियो कोरोना संक्रमण ?

 

काभ्रे जिल्लामा आज १ जनामा को रो ना भाइसरको सं क्र म ण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन गरी ३७ जना मा गरिएको परिक्षणमा १ जनामा को रो ना देखिएको हो । त्यस्तै आज ३ कोरोनाका बिरामी निको भएका छन् ।

आजसम्म जिल्लाका १४ हजार ४१ जनामा कोरोना पुष्टि भइसकेको छ । हालसम्म जिल्लामा संक्रमणमुक्त हुनेको संख्या १४ हजार ६१ छ । जिल्लामा अहिले ३० जना को रो नाका सक्रिय संक्रमित रहेका छन् ।

बनेपामा अहिले ७ जना कोरोनाका सक्रिय विरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै धुलिखेलमा ८, पाँचखालमा ३, नमोबुद्धमा २, र भुम्लुमा ३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित ३० नै जना होम आइसोलेशनमा छन।

यसैबिच पछिल्लो २४ घण्टामा जिल्लाका २४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा फाईजर खोप लगाउने क्रम जारी छ ।

१२ देखि १७ वर्ष उमेर समूह र दीर्घरोगीलाई गरि २९९१ जनालाई पहिलो मात्रा लगाएका छन् ।

त्यसमध्ये २६७७ अर्थात ८९.६५ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम राज सेढाईँले जानकारी दिए ।

 

 

4140
Shares

ट्रेन्डिङ