सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देशभरको माैसम बद्ली, भारी हिमपातको सम्भावना

देशभरको माैसम बद्ली, भारी हिमपातको सम्भावना

2720
Shares
देशभरको माैसम बद्ली, भारी हिमपातको सम्भावना

 

काठमाडौं, १३ पुस : पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ ।

पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार आज र भोलि दुई दिन देशभर मौसम बद्ली हुनेछ।

धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा भारी हिमपातको पनि अनुमान छ । आज र भोलि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् पौडेलले बताउनुभयो । पर्सि बिहीवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

उनीहरुकाअनुससार पर्सि बिहानदेखि पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै जानेछ । सुदूरपश्चिम प्रदेशमा पर्सि बिहानदेखि नै मौसम खुल्ने सम्भावना रहेको र अरु ठाउँमा बिस्तारै क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

बादल लागेसँगै देशभर चिसो बढेको छ । यो वर्षापछि चिसो झन् बढ्ने छ । मौसमविद्ले हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा सावधानी अपनाउन सुझाव दिएका छन् ।

 

2720
Shares

ट्रेन्डिङ