सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिरहामा बिहानैदेखि निषेधाज्ञा

सिरहामा बिहानैदेखि निषेधाज्ञा

2925
Shares
सिरहामा बिहानैदेखि निषेधाज्ञा

 

सिरहामा आज बिहानैदेखि निषेधाज्ञा गरिएको छ।

जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते निषेधाज्ञा गरिएको बताए।बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।

साथै निषेधाज्ञाका बेला पनि राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सञ्चालन हुने प्रजिअ कवारीले जारी गरेको सूचनामा उल्लेख छ।

 

2925
Shares

ट्रेन्डिङ