सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रेका इञ्जिनियर अर्जुनको परिवारको टुटेको सपना: पहिलो सन्तान जन्मँदा घर आउँछु भनेका थिए, मुखै हेर्न नपाई बिते

काभ्रेका इञ्जिनियर अर्जुनको परिवारको टुटेको सपना: पहिलो सन्तान जन्मँदा घर आउँछु भनेका थिए, मुखै हेर्न नपाई बिते

5740
Shares
काभ्रेका इञ्जिनियर अर्जुनको परिवारको टुटेको सपना: पहिलो सन्तान जन्मँदा घर आउँछु भनेका थिए, मुखै हेर्न नपाई बिते

 

काभ्रेको धुलिखेल नगरपालिका-४ का २९ वर्षीय अर्जुन थापाले गर्भवती श्रीमतीसँग भनेका थिए, ‘म २० गतेसम्ममा आइपुग्छु।’

चिकित्सकले प्रसूति हुने मिति माघ ४ गते भनेका थिए। तर त्योभन्दा अगाडि नै हुनसक्ने पनि भनेकाले थापा पहिलो सन्तान जन्मिने बेला घर आउन खोज्दै थिए।

‘दुई-चार दिनअघि बुहारीलाई २० गते आउँछु भनेको रहेछ, यहीबीच यस्तो घटना सुन्नुपरो,’ उनका ठूलोबुवा जयराम थापाले सोमबार भने।

मेकानिकल इञ्जिनियर थापा सोलुखोलाको दूधकोसी जलविद्युत् आयोजनामा काम गर्थे। आयोजनाको काम माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीले गर्दै आएको छ।

आइतबार अपराह्न आयोजना परीक्षण क्रममा पाइप वि स्फो ट हुँदा अर्जुनसहित माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीकै अर्का इञ्जिनियर २६ वर्षीय सुवासराज रेग्मीको मृ त्यु भएको थियो।

जिल्ला प्र ह री कार्यालय सोलुखुम्बुका प्र ह री निरीक्षक ऋषिराज ढकालका अनुसार घ ट नामा परेर दुवैको हात, खुट्टा र पेटमा चो ट लागेको थियो।

‘प्र ह री टोली उद्धार गर्न पुग्दा उनीहरू बोलिरहेकै थिए तर अस्पताल ल्याउँदा डाक्टरले दुवैलाई मृ त घो ष णा गरे,’ ढकालले भने।

उनका अनुसार इञ्जिनियरको टिम दिनभरि नै परीक्षण क्रममा थियो। पानीको चाप नमिलिरहेका बेला पाइपको वेल्डिङ छुट्टिएपछि दु र्घ ट ना भएको बुझिएको ढकालले बताए।

दु र्घ ट नामा ज्यान गुमाएका दुई जनामध्ये अर्जुनले काठमाडौं विश्वविद्यालयमा इञ्जिनियरिङ पढेका थिए। उनी त्यहीँ डिग्री पढ्दै थिए। कोरोना भाइरसको दोस्रो महामारीले पढाइ रोकियो। त्यही बेला उनले दूधकोसी जलविद्युत् आयोजनामा काम थालेका थिए।

जयरामका अनुसार अर्जुन डिग्री सकेर लोकसेवा आयोगमा भिड्ने तयारीमा थिए।

‘सरकारी इञ्जिनियर बन्ने सुरमा थियो, यही चैतमा डिग्री सकिँदै थियो,’ जयरामले भने, ‘साह्रै राम्रो मान्छे, साह्रै मजाको। यस्तो राम्रो मान्छेलाई दैवले चुँडेर लग्यो।’

उनी गएको तिहारमा विदा नमिलेको भन्दै घर गएका थिएनन्। यसपालि पहिलो सन्तान जन्मिने बेला आउँछु भन्दै थिए।पहिलो सन्तानको मुख हेर्ने सपना पूरा नहुँदै उनी बिते।

अर्जुन परिवारका कान्छा छोरा हुन्। जेठा भीमसेन घरमै छन्। बुवा जयरत काठमाडौं विश्वविद्यालयमै सेक्युरिटी गार्डका कमान्डर छन्। सामान्य परिवारका जयरतले सेक्युरिटी गार्डको काम गरेर निकै दु:खले कान्छो छोरालाई इञ्जिनियर बनाएका थिए।

‘छोरालाई त्यहीँ जागिर खाँदाखाँदै भाइले दु:खले पढाएको थियो,’ जयरामले भने, ‘घरमा ठूलो बज्रपात परेको छ। बुहारीको सुत्केरी हुने बेला छोरो दुर्घटनामा परेर बितेको छ।’

अर्जुनसँगै ज्यान गु मा एका सुवासराज रेग्मी अछाम, साँफेबगर-२ का थिए। उनी साँफेबगरका नामी शिक्षक मणिराजका माइला छोरा थिए। मणिराजका तीन छोरी र तीन छोरा हुन्।

वडाध्यक्ष कालुसिंह कुँवरका अनुसार रेग्मी अविवाहित थिए। उनी त्रिपुरासुन्दरी माविमा एसएलसी पास गरेर काठमाडौं पढ्न गएका थिए। उनले पाटनको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीमा पढेका थिए।

मणिराज साँफेबगरकै खापरमाण्डु प्राविमा प्रधानाध्यापक थिए। केही वर्षयता उनले धनगढीमा जागिर सारेका छन्। उनका जेठा छोरा सरकारी जागिरे हुन्। उनी कृषि कार्यालयमा काम गर्छन्।

‘मणिराज गुरूका सबै सन्तान पढाइमा अब्बल छन्,’ कुँवरले भने, ‘छोरा, भतिजा-भतिजी धेरैजसो सरकारी जागिरमा छन्।’ रेग्मी परिवार धेरैजसो धनगढी बस्छन्। साँफेबगरबाट बसाइँसराइ भने गरेका छैनन्।

‘रेग्मी गुरूले धनगढीमा जागिर सारे पनि उहाँका मावली आफन्त सबै साँफेबगरमै छन्,’ कुँवरले भने, ‘साह्रै मेहनती थिए सुवास। अढाइ वर्षदेखि काम गर्न थालेका थिए भन्ने हामीले सुनेका छौं।’

यसबीच ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा काम गर्दागर्दै दुई जना इञ्जिनियरको मृ त्यु भएपछि प्राविधिक विद्यार्थी परिषदले छानबिन गर्न माग गरेको छ।

‘व्यावसायिक सुरक्षासम्बन्धी मापदण्डमा कडाइ गर्न नसकेको र सरकारको नीतिगत त्रुटिका कारण पटक-पटक मुलुक शोकाकुल हुनुपरेको छ,’ परिषदले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दुवै इञ्जिनियरको मृत्युबारे सरकारले निष्पक्ष र न्यायिक अनुसन्धान गरेर दोषीमाथि उचित कारबाही अगाडि बढाओस्।’

सेतोपाटि बाट साभार

5740
Shares

ट्रेन्डिङ