सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको पनौतीमा एक महिना टिपर चलाउन नपाइने

काभ्रेको पनौतीमा एक महिना टिपर चलाउन नपाइने

16850
Shares
काभ्रेको पनौतीमा एक महिना टिपर चलाउन नपाइने

 

काभ्रेको पनौती क्षेत्रमा माघ महिनाभर टिपर चलाउन नपाइने भएको छ ।

मकर मेलालाई ध्यानमा राखेर एक महिना टिपर चल्न रोक लगाइएको पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत एवं मकर मेला मुल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

मेलामा श्रद्धालुभक्तजनहरुको उपस्थिति बाक्लो हुने भएकाले टिपर सञ्चालनमा रोक लगाइएको हो । अहिले पनौती क्षेत्रबाट मात्रै कम्तिमा दैनिक ३ सयको हाराहारीमा टिपर गुड्ने गरेका छन् ।

यसले सवारी ब्यवस्थापनमा समस्या आउने भएकाले एक महिनालाई रोक लगाइएको अधिकारीले बताउनुभयो ।

मकर मेला मुल आयोजक व्यवस्थापन समितिले यहि माघ १ गतेदेखि पनौतीमा लाग्ने मकरको तयारीका बारे आज जानकारी समेत गराएको छ । मकर मेला व्यवस्थापनका लागि ८ करोड बजेट बिनियोजन गरिएको छ ।

अहिले पनि विभिन्न उपसमितिमा मार्फत काम भइरहेको छ ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि चन्द्र लामा, रामहरी सुबेदी, नगर प्रमुख भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उप प्रमुख गीता बन्जारा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी प्रमुख, विभिन्न वडाका वडा अध्यक्ष, पत्रकार र सरोकारवाल निकायका पदाधिकारी सहभागि भएका थिए ।

 

 

16850
Shares

ट्रेन्डिङ