सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा पनि बर्षासंगै हिमपात, जनजीवन प्रभावित

काभ्रेमा पनि बर्षासंगै हिमपात, जनजीवन प्रभावित

8265
Shares
काभ्रेमा पनि बर्षासंगै हिमपात, जनजीवन प्रभावित

 

काभ्रेको सबै जसो क्षेत्रमा अहिले बर्षा भैरहेको छ ।

जिल्लाको उच्च पहाडी क्षेत्रमा बर्षासंगै हिम पर्न सुरू भएको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

३ हजार २१ सय मिटर अग्लो स्थानमा रहेको ढुंखर्क बेथानचोक, नारायणस्थान र आसपासका क्षेत्रमा हिउँ पर्न थालेको हो । हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको हो ।

खासगरी बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी समस्यामा परेका छन् । चिसो ह्वात्तै बढेको छ । धुलिखेल, बेथानचोक गाउँपालिकाको माथिल्लो भेग र महाभारत लेकमा बर्षासंगै चिसो एक्कासी बढेको हो ।

लामो समयपछि पानी पर्दा किसान भने निकै खुशी भएका छन् । सिंचाईको ब्यवस्था नभएका ठाउँका किसान खुशी भएका हुन् ।

गहुँ, तोरी, आलु लगायत हिउँदे सिजनको खेतीका लागि यो पानीले किसानलाई निकै सजिलो बनाईदिएको छ । आजबाट सुरू भएको बर्षा शुक्रबारसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

8265
Shares

ट्रेन्डिङ