सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • ट्याक्सी चढेर चो री गर्ने गिरोह समातिए

ट्याक्सी चढेर चो री गर्ने गिरोह समातिए

2745
Shares
ट्याक्सी चढेर चो री गर्ने गिरोह समातिए

 

काठमाडौं, १४ पुस : प्र ह रीले रातिको समयमा ट्याक्सी प्रयोग गरेर विभिन्न सहकारी र कारखानामा चो री गर्ने समूहका ६ जनालाई प क्रा उ गरेको छ ।

महानगरीय अ प रा ध महाशाखाको टोलीले पुस १२ गते साँझ काठमाडौं महानगरपालिका-१२ बुद्धनगरबाट चो री गरेका सामान र ती सामान खरीद गर्ने कवाडी पसल सञ्चालकलाई प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेमा सिन्धुपाल्चोक घर भई टोखा बस्‍ने ३१ वर्षीय रोशन उप्रेती, सर्लाही घर भई टोखा बस्‍ने ३३ वर्षीय रामपुनित महतो र २६ वर्षका रामविश्वास महतो, नुवाकोट घर भई गोंगबु बस्‍ने ३६ वर्षीय राम बाघदास र भारत मोतिहारी घर भइ हाल टेकुमा कवाडी पसल सञ्‍चालन गर्दै आइरहेका ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल रहेका छन् ।

उनीहरुको साथबाट प्र ह रीले ९.५ किलोग्राम पित्तलको तारका क्वाइलहरु बरामद गरेको छ ।

चोरीका सामानसहित प क्रा उ परेका उनीहरुमाथि थप कारबाहीको लागि महानगरीय प्र ह री वृत्त, थानकोट पठाइएको महानगरीय प्र ह री अ प रा ध महाशाखाले जनाएको छ ।

अ प रा ध महाशाखाका अनुसार उनीहरुले चन्द्रागिरी नगरपालिका-३ थानकोटस्थित बिशाल प्लाष्टोक्याब ई. प्रालिको कारखानाबाट करिब १८ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको कल साइजर चोरेको अनुसन्धानबाट खुलेको छ ।

 

2745
Shares

ट्रेन्डिङ