सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सेनिटेयरी प्याड उत्पादन गर्दै काभ्रे नमोबुद्धका युवाहरु

सेनिटेयरी प्याड उत्पादन गर्दै काभ्रे नमोबुद्धका युवाहरु

5080
Shares
सेनिटेयरी प्याड उत्पादन गर्दै काभ्रे नमोबुद्धका युवाहरु

 

काभ्रे :  नमोबुद्ध नगरपालिका -०३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन ।

ग्रामीण बिकास सस्था काभ्रेपलान्चोक मार्फत जर्मन राजदुतावासको२२ लाख र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको साझेदारीमा अल्ट्रा क्लिन प्रालि स्थापना गरि काम सुरु गरिएको हो ।

प्याड उत्पादन सुरुवात कार्यक्रममा नमोबुद्ध नगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल , ग्रामीण बिकास सस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिना कार्यक्रम अधिकृत सुलोचना सुवाल लेखा तथा प्रशासन , एबम सामाजिक उत्तरदायित्वको यो अभियानमा नगरपालिकाको सदैब साथ र सहयोग रहने बताउदै ग्रामीण बिकास सस्था र जर्मन राजदुतावासलाई सहयोगको लागि धन्यवाद दिए ।

बालबालिका युवा र बाताबरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको ग्रामीण बिकास सस्थाका कार्यकारी निर्देशक डिएन तिमिल्सिनाले नमोबुद्धमा आफुहरुले बिगत ४ बर्ष काम गर्दैगर्दा नगरयुवाहरु संगठित हुनु सामाजिक काममा सक्रियता देखाउनु ,नगरपालिकाले युवा परिषद गठन गर्नु र उद्धयमशिल बन्नखोज्नु महत्त्वपूर्ण उपलब्धि रहेको र आगामी दिनहरुमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

प्याड उत्पादन संगै महिनावारी स्वस्छताका अभियानहरु समुदाय र बिद्यालयहरुमा सन्चालन गरिने सन्चालक सन्जीप न्यौपानेले बताए । प्याडलाई बजारीकरण गर्न ” सुरक्षित ” नाम दिई बजारमा ल्याउन लागिएको हो ।

 

5080
Shares

ट्रेन्डिङ