सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेका मानन्धरले जिते बंगलादेशमा स्वर्ण पदक 

काभ्रेका मानन्धरले जिते बंगलादेशमा स्वर्ण पदक 

5525
Shares
काभ्रेका मानन्धरले जिते बंगलादेशमा स्वर्ण पदक 

 

काभ्रे : बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको ‘अन्तर्राष्ट्रिय बि.जि. कराँते प्रतियोगिता- २०२१’ फुलकन्ट्याक्ट कराँते पुरुष खुल्ला ताैल समूहमा बनेपाका मानन्धरले स्वर्ण पदक जित्नु भएको छ ।

नेपाल क्याेकुशिन-सेईसिन काईकान कराँते संघका खेलाडी सन्देश मानन्धर उक्त प्रतियोगितामा प्रथम हुनुभएको हो । सोहि संघका अर्का खेलाडी राजेन्द्र थापाले रजत पदक जित्नु भएको छ ।

स्वर्णपदक विजयी मानन्धर र रजत पदक जित्नु भएका थापालाई बनेपा तरुण दलले बधाई तथा शुभकामना दिएको छ ।

 

5525
Shares

ट्रेन्डिङ