सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पोखरामा डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार ! जुत्ता हान्ने कस्का मान्छे थिए ?

पोखरामा डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार ! जुत्ता हान्ने कस्का मान्छे थिए ?

4055
Shares
पोखरामा डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार ! जुत्ता हान्ने कस्का मान्छे थिए ?

काठमाडौं– नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहारको कोशिष भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा एक विद्यार्थीले यस्तो कोशिष गरेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर गएको छ ।
capturehhhजुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी हुन् ।
बाबुराम पार्टी संगठनका कामका लागि बुधवार पोखरा गएका थिए ।
भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाए । मञ्चमा बोलिरहेका बाबुरामले भने आफ्ना कार्यकर्तालाई कालो झण्डा देखाउनेलाई केही नगर्न निर्देशन दिए ।
उनले कालो झण्डा र गाली तथा मुर्दाबादका नारा कति सुनियो सुनियो, यसले केही फरक पर्दैन भनेका थिए । लगतै सञ्जीवले जुत्ता प्रहार गरेका थिए । उनले प्रहार गरेको जुत्ता मञ्चसम्म भने नपुगेकाले पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई नलागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
डा.भट्टराईमाति जुत्ता प्रहार भएपछि नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरुले जुत्ता प्रहार गर्ने सञ्जीवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । जसक्रममा सञ्जिवमाथि हातपात समेत भएको छ । र, उनको कान र नाकमा सामान्य चोट लागेको छ ।
सञ्जिवलाई अहिले वडा प्रहरी कार्यालय बगरमा राखिएको छ । उनीमाथी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले जानकारी दिए ।
प्रहरीलाई दिएको बयानमा उनले आफूले आक्रोशमा आएर कालोझण्डा देखाएको बताएको छन् ।
नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले एक विद्यार्थीले उट्पट्याङ गरेको बताए । ‘पहिला कालो झन्डा देखाइयो, पछि जुत्ता प्रहारको कोशिष भयो ।’ उनले भने, ‘तर, कार्यक्रम निकै राम्रो भयो । त्यस्तो उट्पट्याङ गर्ने व्यक्तिलाई प्रहरीले लिएर गयो ।’

4055
Shares

ट्रेन्डिङ