सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • हजुरबुबामाथि नातिनीले गरिन् खुकुरी प्र हा र

हजुरबुबामाथि नातिनीले गरिन् खुकुरी प्र हा र

2900
Shares
हजुरबुबामाथि नातिनीले गरिन् खुकुरी प्र हा र

 

रुकुम पश्चिम :  नातिनीको खुकुरी प्र हा रबाट बाँफिकोट गाउँपालिका १ का ७४ वर्षीय दाना शाही घा इ ते भएका छन् ।

उनकी १७ वर्षीया उर्मिला मल्लले खुकुरी प्र हा र गरेकी हुन् ।उर्मिला दानाकी छोरीकी छोरी हुन् ।

घा इ ते शाहीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ । उनको गाला, दाहिने हात र देव्रे हातमा चो ट लागेको छ ।

आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खुकुरी हानेको दानाले बताए । ‘मैले १२ हजार भत्ता बुझेको थिएँ,’ उनले भने ‘त्यही लिन आएकी उसले ममाथि खुकुरी हानी ।’

मंगलबार राति आफ्नो घरमा आएकी उर्मिलाले बुधबार बिहान आफूमाथि आ क्र म ण गरेको दानाले बताए । दाना लामो समयदेखि एक्लै बस्दै आएका छन् ।

नातिनी घरमै लुकेको थाहा पाएपछि रातभर नसुतेको र बिहापख नजिकै बसेकी नातिनीले खुकुरी हानेको उनले बताए । घाँटीमै हानेको खुकुरी आफूले छल्दा गाला र हातमा लागेको उनको भनाइ छ ।

जिल्ला प्र ह री कार्यालयका प्र ह री निरीक्षक डेकेन्द्र शर्माले खुकुरी प्र हा र गर्ने उर्मिलालाई जिल्लामा ल्याएर अनुसन्धान थालिएको बताए । उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थाकी रहेको परिवारले जनाएको छ ।

 

2900
Shares

ट्रेन्डिङ