सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेलका ब्यवसायीले भने ‘नगरपालिकाले जथाभाबी कर उठायो’

धुलिखेलका ब्यवसायीले भने ‘नगरपालिकाले जथाभाबी कर उठायो’

2825
Shares
धुलिखेलका ब्यवसायीले भने ‘नगरपालिकाले जथाभाबी कर उठायो’

 

काभ्रे : धुलिखेलका ब्यवसायीहरुले नगरपालिकाले जथाभाबी कर उठाएको बताएका छन् ।

आज धुलिखेलमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको ‘सामाजिक जवाफदेहीता र सदाचारको लागि सहकार्य स्वच्छ ब्यावसायिक अभ्यासको प्रवद्र्धन’ विषयक छलफल कार्यक्रममा सहभागि ब्यवसायीहरुले यस्तो बताएका हुन् ।

उद्योग बाणिज्य संघ धुलिखेलका अध्यक्ष मञ्जुकुमार कोजुले स्थानीय तहको निर्वाचन अघि ब्यवसायीसँगकै छलफल र सहकार्यमा कर उठाउने गरेपनि पछिल्लो समय नगरपालिकाले ब्यवसायीहरुलाई कुनै वास्ता नगर्ने बताउनुभयो । कर कार्यालयलाई अपाङ्ग मैत्री बनाउन आवश्यक रहेको समेत अध्यक्ष कोजुले बताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय होटल संघ काभ्रेको अध्यक्ष प्रेमकण्ठ माकाजु श्रेष्ठले नगरपालिकाले कर मात्रै उठाएको बताउनुभयो । ‘नगरपालिकाले ब्यवसायीसँग कर मात्रै उठाइरहेको छ ।

तर करको उचित सदुपयोग गरेको छैन् । नागरिकसँग कर उठाएर त्यसको अनुभुति गर्न पाइदैन भने यसको कुनै अर्थ छैन् । नगरपालिकाले ब्यवसायीहरुको मर्का कहिल्यै बुझेन । अध्यक्ष श्रेष्ठले भन्नुभयो ।’

उद्योग बाणिज्य संघ धुलिखेलका उपाध्यक्ष राजिब प्रकाश कोजुले नगरपालिकाले जथाभावी कर उठाएको बताउनुभयो । ‘ब्यवसायीहरुसँग कुनै सल्लाह नै नगरी नगरपालिकाले आफु खुशी कर निर्धारण गर्दै आएको छ ।

यसले नगरभित्रका सबै ब्यवसायी मार परेका छन् । कतिपय अवस्थामा दोहोरो कर तिर्न ब्यवसयी बाध्य छन् । उपाध्यक्ष कोजुले भन्नुभयो ।’

उद्योग वाणिज्य संघका अर्का उपाध्यक्ष अनन्तकृष्ण श्रेष्ठले राज्यले ब्यवसायी र ब्यापारी माथि सधै भ्रष्टचारीलाई जस्तै ब्यवहार गर्ने गरेको बताउनुभयो । ‘ब्यवसायी माथि हेर्ने दृष्टिकोण नै राज्यको ठीक छैन ।

अप रा धी र भ्र ष्ट चारीलाई जस्तो ब्यवहार हुन्छ । हामीले अनाहकमा विभिन्न कष्ट राज्यको तर्फबाट पाइरहेका छौँ । उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।’

वडा नम्बर ६ का वडाध्यक्ष समेत रहनुभएका ब्यवसायी सञ्जय कोजुले स्थानीय तहले ब्यापारीमाथि अनावश्यक कुरा लादेको बताउनुभयो । ‘हामी सेवा र नाफा दुबै क्षेत्रको प्रतिनिधित्व गर्छौ । तर स्थानीय तहले हामीलाई आवश्यक नपर्ने कुयौँ कुरा लादेको छ ।

म आफै पनि जनप्रतिनिधि हुँ । तर ऐन, नीति र कानुन बनाउँदा केहि नबुझेका जनप्रतिनिधिहरुको हालिमुहाली हुन्छ । म एक्लो हुन्छ । कुरै सुन्न मान्दैनन् । वडाध्यक्ष कोजुको भनाई छ ।’

क्षेत्रीय होटल संघ काभ्रेका कोषाध्यक्ष मनिष श्रेष्ठले सबै कुरा पादर्शि बनाउन राज्यले नै नदिएको बताउनुभयो । कार्यक्रमा धुलिखेल उद्योग वाणिज्य संघ पदाधिकारी, सदस्य, होटल, होमस्टे, हस्तकला ब्यवसायी तथा नगरपालिकाभित्र विभिन्न ब्यापार ब्यवसायी गर्दै आएको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष पदमिनी प्रधानाङ्गले उद्योग वाणिज्य संघले जारी गरेको आचार संहिता पालना सबै गर्नुपर्नेमा जोड दिँदै ब्यवसायीले भोगिरहेको समस्या सम्बन्धि निकायसम्म पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा टिआई नेपालका कार्यकारी निर्देशक आषिश थापा, बरिष्ठ अधिकृत भट्टाराई, जिल्ला कार्यक्रम अधिकृत गंगा दोङ, सामुदायिक सारथीका काभ्रे संयोजक भेष बहादुर दनुवार लगायतको सहभागिता थियो ।

 

 

2825
Shares

ट्रेन्डिङ