सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कृषि मन्त्री हुमागाईप्रति एमाले नेता कुमार थापाको धम्की !

कृषि मन्त्री हुमागाईप्रति एमाले नेता कुमार थापाको धम्की !

6020
Shares
कृषि मन्त्री हुमागाईप्रति एमाले नेता कुमार थापाको धम्की  !

 

एमाले काभ्रेका नेता कुमार थापाले नेकपा (एकीकृत समाजवादी) काभ्रेको उपाध्यक्ष एवं बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईलाई सामाजिक सञ्जाल फेसबुक मार्फत ध म्की दिनुभएको छ ।

बुधबार राति ८ः४० मा नेता थापाले फेसबुक मार्फत मन्त्री हुमागाई अप्रत्यक्ष ढंगबाट ध म्की दिनुभएको हो । नेता थापाले आफ्नो खेतका लागि १० बोरा मल उपलब्ध नगराइएको मन्त्री हुमागाईले ठूलो मुल्य चुकाउनु पर्ने ध म्की दिनुभएको छ ।

नेता थापाले आफ्नो फेसबुक वालमा लेख्नुभएको छः ‘पहिलो पल्ट । सबिनय निबेदन यो छ कि । म बिशुद्ध किसान हुँ । मेरो पनौती नगरपालिका वडा नम्बर ११ मा ९ रोपनि खेत छ । मैले ढुँगा मुडा, मेरा बुद्धि, बिवेक प्रयोग, प्रगाढ आश्था बिस्वास गरेर सांसद बनाएँ । मन्त्री त बिस्वासघात वा झुक्याउनु भो ।

क. केशव बडाल, रामहरी सुबेदी अन्तत्वगत्वा क.के पी ओलीलाई नै घात गर्नु भो । कृषि मन्त्री हुनु भो । अब सक्नु हुन्छ प्रदेश, नसके काभ्रे त्यो पनि नसके आफ्नो भुगोल, त्यो पनि नसके मेरो गाउँ, त्यो पनि नसके मेरो खेतमा १० बोरा मल पुर्याउनु भएन भने…यसको मुल्य ?’

नेता थापाको यो पोष्टमा समाचार तयार पर्दासम्म ६३ वटा कमेन्ट छन् । जहाँ स्वयं थापाले नै कमेन्टमा रिप्लाई गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) समर्थकहरुले मन्त्री हुमागाईको बचाउ गरेका छन् ।

नेता थापालाई प्रश्न एमालेकै प्रदेश सांसद चन्द्र्र लामा केहि महिना अघिसम्म कृषि तथा पशुपंक्षी मन्त्री नै हुनुहुन्थ्यो । के त्यो बेला चाँहि तपाई र काभ्रेली जनताले पर्याप्त मल पाएका थिए ? त्यो बेला किन तपाई चु प ?

अहिले फरक पार्टी हुने बित्तिकै अनावश्यक लाल्छना र ध म्कीपूर्ण शब्द सामाजिक सञ्जाल मार्फत राख्दा कत्तिको उचित होला ? प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयलाई मल खरिद गर्ने अधिकार छैन् । यो मन्त्रालयले समन्वयको काम मात्रै गर्ने हो ।

 

 

6020
Shares

ट्रेन्डिङ