सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माओवादीमा नेताको सम्पत्ति छानबिन माग

माओवादीमा नेताको सम्पत्ति छानबिन माग

4685
Shares
माओवादीमा नेताको सम्पत्ति छानबिन माग

 

काठमाडौं, १६ पुस : माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा नेताहरूको आम्दानीको स्रोत र सम्पत्ति छानबिनको मु द्दा जोडतोडले उठेको छ ।

शान्ति प्रक्रियामा आइसकेपछि माओवादीका कतिपय नेताले ‘अपारदर्शी ढंगले अकुत सम्पत्ति आर्जन गरेको’ टीकाटिप्पणी भइरहेकै बेला महाधिवेशनमा फरक मत र समूहगत छलफलमा अपारदर्शी रूपमा सम्पत्ति थोपर्ने नेताहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिइएको हो ।

कतिपय प्रतिनिधिले अध्यक्ष पुष्पकमल दाहालकै जीवनशैलीमाथि पनि प्रश्न उठाएका छन् । अध्यक्ष दाहालले पेस गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्ताबेजमाथि फरक मत राखेका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवादी आन्दोलन कमजोर हुनुमा पार्टीका नेताहरूको अपारदर्शी आर्थिक जीवनलाई जिम्मेवार ठहर्‍याएका छन् ।

आफ्नो दसबुँदे प्रतिवेदनमा उनले नेता, जनप्रतिनिधि र लाभको पदमा गएका सदस्यहरूको सम्पत्ति छानबिनका लागि तत्काल पार्टीभित्र समिति बनाउन पनि माग गरेका छन् ।

‘हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्य कारण पार्टीका नेताहरूको अपारदर्शी आर्थिक जीवन हो । हामीमाथि भ्रष्टाचार, कमिसन, घूसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ ।

हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फूर्ति हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन,’ न्यौपानेले फरक मतमा लेखेका छन् । उनले आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरूलाई पार्टीबाट कारबाही गर्ने आँट गर्नुपर्ने उनको धारणा छ ।
-कान्तिपुर

 

4685
Shares

ट्रेन्डिङ