सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सामुदायिक विद्यालयको गुणस्तर अभिविृद्धिमा लागि परेका छौं : शिक्षा प्रमुख माधवप्रसाद शर्मा

सामुदायिक विद्यालयको गुणस्तर अभिविृद्धिमा लागि परेका छौं : शिक्षा प्रमुख माधवप्रसाद शर्मा

7745
Shares
सामुदायिक विद्यालयको गुणस्तर अभिविृद्धिमा लागि परेका छौं : शिक्षा प्रमुख माधवप्रसाद शर्मा

माधवप्रसाद शर्मा, शिक्षा शाखा प्रमुख
धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक

 

➤ चालु आर्थिक वर्षमा शिक्षाको कार्यक्रम के के सुरू भयो ?
चालु आर्थिक वर्षमा शिक्षाका केही कार्यक्रम हामीले सुरू गरिसकेका छौँ । केही नयाँ कार्यक्रम छन्, केही पुराना कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएका छौँ ।

जस्तो विद्यालयको शैक्षिक क्रियाकलापमा रहेको आधुनिक प्रविधिगत खाडल न्यूनिकरणका लागि कम्प्युटर शिक्षकका लागि आइसिटी बेसिक तालिम प्रशिक्षणको व्यवस्था मिलाएका छौँ । स्वःउत्पेरणत्मक शैक्षिक जागरण भन्ने नाम दिएर अर्को कार्यक्रमको पनि योजना रहेको छ ।

यसमा चाहीँ उत्प्रेरित विद्यार्थीले मात्र सहज रूपमा सिक्छन्, सहज रूपमा सिकाइ वातावरण तयार गर्न स्वःउत्पेरणत्मक शिक्षकले मात्र सिकाउछन् भन्ने यथार्यलाई आत्मसाथ गर्दै शिक्षकलाई स्वःउत्पेरणत्मक शैक्षिक जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

➤ कोभिडको नयाँ भेरियन्ट भित्रने ड र कायम नै छ । केही पूर्व योजनाहरू छन् ?
हामीले पहिले भइसकेका कामहरूलाई नै सञ्चालन गर्ने छौँ । जस्तो कि पहिले पनि कोभिड आएकै हो । त्यो बेला पनि हामीले विभिन्न माध्यमबाट विद्यार्थीलाई पढाईको लागि पहल गरेका थियौँ ।

कोभिड १९ को महामारीका कारण प्रत्यक्ष विधिबाट विद्यार्थी तथा सिकाइ सहजीकरण गर्न सक्ने अवस्था नरहेसम्मका लागि अनलाइनको पूर्वाधार/पहुँच भएका विद्यार्थीका लागि अनलाइन पद्धतिबाट र अनलाइनको पहुँच नभएका विद्यार्थीका लागि रेडियो पाठशाला कार्यक्रम र सियुजीमार्फत फोनइन कार्यक्रम सञ्चालन गरी नियमित सिकाइ सहजीकरण गरी बालबालिकाले सिक्न पाउने हकको सुनिश्चितता गरेका थियौँ ।

➤ यो आर्थिक वर्षको लागि बनाउनुभएको अरू थप योजनाहरू के के छन् ?
विद्यालय शिक्षाको मुख्य कर्ता शिक्षक भएकाले उत्प्रेरित शिक्षकबाट नै अब्बल सिकाइ हुने हुँदा उत्प्रेरित शिक्षकबाट नै अब्बल सिकाइ हुने हुदाँ उत्प्रेरणाका माध्यमबाट आन्तरिक अनुशासन अभिवृद्धि गरी शिक्षा क्षेत्रको सुशासन प्रवद्र्धनमा ठोस उपलब्धि हासिल गर्नका लागि विभिन्न पहल भइरहेको छ ।

यसका लागि हामीले धुलिखेल शिक्षा ऐन बनाएका छौँ । जसको दफा ३६ बमोजिम प्रधानाध्यापक नियुक्त गर्ने र निजिसँग नगरपालिकाले करार सम्झौता गरी सिकाइ उपलब्ध गराउँने भत्ता बराबरको रकम थप गर्ने व्यवस्था रहेको छ ।

शिक्षण संस्थाको नक्सांकन गरी भूगोल र न्यूनतम विद्यार्थी संख्याको आधारमा गत वर्ष विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान पनि सम्पन्न गरिसकेका छौँ ।

विद्यार्थी शिक्षक अनुपातका आधारमा बढी भएको प्राथमिक शिक्षक दरबन्दी मध्ये यस वर्ष २२ जना शिक्षकको दरबन्दीको दरबन्दी मिलन गरिसकिएको छ । त्यसैगरी बाँकी रहेको बाँकी मिलानमा पठाउन पर्ने शिक्षक दरबन्दी रिक्त भएको आधारमा क्रमशः पठाइने छ ।

➤ शिक्षण पद्धति सुधारको लागि के गरी कार्यक्रम गरिरहनु भएको छ ? प्रतिभा पहिचान गरी अतिरिक्त कार्यक्रम सञ्चालन गर्ने गर्नुभएको छ की छैन ?
माध्यमिक तहको विज्ञमा गणित तथा अङ्ग्रेजी विषयको शिक्षक अभाव पूर्ति गर्न नगरपालिकाबाट गत आर्थिक वर्षदेखि गरिएको व्यवस्थालाई निरन्तरता दिइसकेका छौँ ।

यो वर्षमा पनि यो कार्यक्रमबाट शैक्षिक गुणस्तर सुधार हुनेछ भन्ने लागिरहेको छ । वैज्ञानिक एवं बालमैत्री सिकाइ क्रियाकलाप प्रर्वद्धन गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुनिश्चित गर्न जर्मन नेपाल सहयोग संघ र शैक्षिक सशक्तिकरण केन्द्रको साझेदारीमा बहुकक्षा वहुस्तर शिक्षण पद्धति थप ६ विद्यालयमा विस्तार गरिने छ ।

यसबाट पनि यो शिक्षण पद्धतिको सबै विद्यालयमा लागु पुग्नेछ भन्ने लागिरहेको छ । इ सि डिमा सहयोगी कार्यकर्ताहरूलाई थप प्रोत्साहन भत्ताको व्यवस्था गर्न संघीय सरकारलाई न्यूनतम पारिश्रमिक संघीय बजेटमा व्यवस्था गर्न ध्यानाकषर्ण गराएका छौँ ।

अर्को भनेको साक्षर तथा नव साक्षरलाई निरन्तर शिक्षा कक्षाको सञ्चालन गर्ने भनेर लागेका छौँ । यसैगरी सिकाइ केन्द्रमार्फत नियमित पढाई सिप विकास पनि गर्ने छौँ ।

साक्षर नगर घोषणा भइसकेको छ हाम्रो पालिका त्यसैले यसको पहिचान स्वरूप उपयुक्त नगरको उपयुक्त स्थानमा साक्षरता स्तम्भ राख्ने व्यवस्था मिलाएका छौँ ।

कोभिड संक्रमणको विषम परिस्थितिका कारण सम्भव बहु प्रतिभा पहिचान र विकास गरी विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद, संङ्गित, कला, योगा, हस्तलेखन, चित्रकला साहित्य आदिका विधानगत कक्षा सञ्चानका लागि यात्री शिक्षकको व्यववस्था मिलाउन पनि लागि परेका छौँ ।

➤ विद्यार्थीसंग मेयर कार्यक्रम पनि सञ्चालन भएको थियो । निरन्तरता दिनुभएको छ की छैन ?
विद्यार्थीसंग मेयर कार्यक्रम पनि रहेको छ हाम्रोमा । गत वर्षमा पनि भएको थियो यो कार्यक्रम । यसलाई हामी यो वर्ष पनि निरन्तरता दिइरहेका छौँ ।

यो वर्ष यो कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने योजनाहरू बनिरहेको छ । साथै मेयरसंग विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावक अन्तरक्रियाको व्यवस्था पनि मिलाएका छौँ ।

 

स्नातक तह अध्ययन गर्ने विद्यार्थीको लागि स्थानीयलाई निःशुल्क र अन्य पालिका वा जिल्लाकालाई ५० प्रतिशत छुटको कार्यक्रम ल्याएको थियो नी नगरपालिकाले गत आर्थिक वर्षबाट सञ्चालन गरिएको धुलिखेल नगरपालिका भित्रका कलेजमा उच्च शिक्षा अन्र्तगत स्नातक तह अध्ययन गर्ने धुलिखेल नगरपालिकाका स्थायीबासिन्दालाई मासिक पढाई शुल्क पूर्ण निःशुल्क गारउने काम निरन्तर रूपमा चलिरहेको छ ।

अर्को अन्य स्थानीय तह वा जिल्लाबाट धुलिखेलमा अध्ययन गर्ने विद्यार्थीका लागि कलेज वा नगरपालिकाबाट लागत साझेदारीमा पचास प्रतिशत शुल्क मिनाहाको व्यवस्था गरिएको थियो ।

त्यो यो चालु आर्थिक वर्षमा पनि निरन्तर रूपमा चलिररहेको छ । अर्को भनेको यस नगरपालिका भित्र रहेको काठमाण्डौँ विश्वविद्यालयमा हुने उच्च शिक्षका लागि धुलिखेल नगर क्षेत्रका विद्यार्थीहरूलाई अध्ययन कोटाको व्यवस्थालाई निरन्तरता दिईएको छ ।

विश्वविद्यालय र नगरपालिकाका बीचमा सुमधुर सम्बन्ध स्थापित गर्न नीतिगत पहल गरिरहेका छौँ । सार्वजानिक नीजि साझेदारीको अवधारणामा एक कृषि तथा पर्यटनको व्यवसायिक विद्यालय स्थापन र संचालन गर्न पहल गरिने छ ।

➤ शैक्षिक गुणस्तर सुधारको लागि केही योजनाहरू ?
शैक्षिक गुणस्तरका लागि हामीले स्वच्छ प्रतिस्पर्धाको वातावरण कायम गर्न प्रत्यक वडामा कम्तिमा एक एक विद्यालयलाई नमुनाको रूपमा स्थापित गर्ने भनेर लागेका छौँ सुरूमा त । यो सम्पन्न पनि भइसकेको छ ।

त्यसरपछि भनेको यो कामलाई निरन्तरता दिएपछि बाँकी ३ वटा विद्यालय बाँकी रहेको छ । हामी यसलाई पनि छिट्टै नै पुरा गर्ने छौँ । यसो हुन सक्यो भने सबै वडामा कम्तिमा एक वटा विद्यालय नमूनाको रूपमा स्थापित हुने छ ।

यसपछि कम्तिमा एक विद्यालय नगर नमूना विद्यालयको रूपमा विकास हुने भन्ने कुरामा हामी विश्वस्त छौँ । यसले विद्यालयको शैक्षिक गुणस्तर सुधार्नको लागि थप सहज हुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ ।

➤ दरबन्दीको समस्या देशव्यापी रूपमा नै भइरहेको कुरा यथावत् नै रहेको छ । हाम्रो त्यो समस्या छ की छैन ? यदी छ भने समधान कसरी गरिरहुनभएको छ ?
यहाँले भन्नुभएजस्तै यो ठूलो समस्याको रूपमा आएको थियो । यसको लागि हामीले आवश्यकताको आधारमा र औचित्यको आधारमा बाल विकास केन्द्रलाई पुनः वितरणको व्यवस्था मिलाउने छौँ ।

यसैगरी सबै तहका शिक्षक व्यवस्थापनका लागि दरबन्दी मिलानका काम व्यवस्थापन गर्ने छौँ । विद्यालय समायोजनका कुराहरू पनि रहेको छ ।

विद्यालय समायोजन लगायतका व्यवस्थापकीय कार्य नियममित रूपमा सञ्चालन गर्ने छौँ । शिक्षक तालिमलाई खोज, अन्सन्धान तथा आवश्यकतामा आधारित बनाई नविनता प्रविधी मैत्री बनाउने छौँ ।

गुणस्तरिय शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरी कस्टमाइज्ड तालिमको व्यवस्था मिलाउने योजना पनि बनाएका छौँ ।

अर्को भनेको कक्षा १ देखी ३ को स्थानीय पाठ्यक्रमगत शैक्षिक सत्रदेखी लागू भइसकेको र यो शैक्षिक सत्रबाट कक्षा ४ देखी ८ सम्मको स्थानीय पाठ्यक्रम पाइलटिङको रूपमा लागु गर्ने छौँ ।

यसपछि स्थानीय पाठ्यक्रम अनुसार स्थानीय आवश्यकता अनुरूप व्यवहारिक र जीवनयोगी एमं सान्दर्भिक पाठ्यपुस्तकको विकास गर्ने छौँ । नेतृत्वको सवलीकरण, शिक्षण सिकाइ प्रक्रियामा सुधार, पेशागत नैतिकताको प्रर्वद्धन र प्रविधिको उच्चतम प्रयोग गरी सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धी गर्ने भनेर लागेका छौँ ।

➤ विद्यालयहरूमा न्युनतम पूर्वाधाहरूको सुनिश्चितताका कार्यक्रमहरू पनि होलान् नी ?
विद्यालयहरूमा न्युनतम पूर्वाधाहरूको सुनिश्चितता गर्ने भनेर लागिपरेका छौँ । यसैगरी यो आर्थिक वर्षमा सञ्जिवनी माध्यमिक विद्यालय धुलिखेल र पूर्ण सञ्जिवनी लङ्खनामाई माध्यमिक विद्यालय धुलिखेलमा प्रदेश सरकाको सहयोगमा स्कुल बस सञ्चालनको व्यवस्था मिलाएका छौँ ।

यसैगरी शङ्खेश्वरी महालक्ष्मी माध्यमिक विद्यालय शङ्खेश्वरी डिजिटल प्रविधियुक्त विद्यालयको रूपमा विका गर्ने व्यवस्था पनि गरेका छौँ । निरन्तर रूमा विद्यार्थी मूल्यांङनको प्रयोगलाई सुदृढीकरण गरी नगरस्तरीय परीक्षालाई थप विश्वसनीय र प्रभावकारी बनाउने छौँ । मूल्यांकनको पद्धतिलाई शिक्षण सिकाइ सुधारको लागि पनि प्रयोग गर्ने छौँ ।

➤ प्राविधिक शिक्षा एवं दिगो विकास लक्ष्यलाई हासिल गर्ने गरी शिक्षाका कार्यक्रम कत्तिको छ ?
धुलिखेल नगरपालिकालाई आकर्षक शैक्षिक हवका विकास गर्दै लैजाने योजना पनि रहेको छ । साथै कृषि, पर्यटन लगायतका क्षेत्रका लागि आवश्यक पर्ने प्राविधिक सीपयुक्त जनशक्ति तयार गर्न पर्यटन क्रमशः प्राविधिक विद्यालयको स्थापना र सञ्चालन गर्ने व्यवस्था पनि मिलाएका छौँ ।

दिगो विकास लक्ष्यलाई हासिल गर्ने गरी शिक्षाका सबै कृयाकलापलाई संचालन गर्ने नीति पनि अबलम्बन गर्ने छौँ । यसैगरी यी नीतिहरूको कायान्वयनका लागि नेपाल सरकार तथा प्रदेश सरकारको सशर्त अनुदानका अतिरिक्त नगरपालिकाबाट थप रूप रू एक करोड पँचलाख बजेट विनियोजन गरेका छौँ ।

➤ विद्यालय नर्स कार्यक्रम, दिवा खाजका कार्यक्रम चाही प्रभावकारी भएको छ की छैन ?
प्रदेश–३ (बागमती) का १३ जिल्लामा एक विद्यालय–एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ स्वीकृत भएपछि हाम्रोमा पनि यो कार्यक्रम लागुभएको थियो ।

यो प्रस्ताव स्वीकृत भएपछि सरकारले दरबन्दी सृजना गरेको खण्डमा विद्यालयमा एक जना नर्सिङ कोर्ष अध्ययन गरेको स्वास्थ्यकर्मीले सेवा गरिरहेका थिए । सरकारले निजी र सामुदायिक विद्यालयमा अनिवार्य नर्स राख्नुपर्ने नीति अघि सारेको थियो ।

स्वास्थ्य मन्त्रालयले विद्यालयमा बालबालिकाको स्वास्थ्यमा आउन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै ‘एक विद्यालय एक नर्स’ नीति ल्याएको थियो । यो कार्यक्रम हाम्रोमा निकै प्रभावकारी भइरहेको छ । दिवा खाजाका कार्यक्रम पनि निकै प्रभावकारी भएको छ ।

यो अन्तरबार्त आज काभ्रेबाट प्रकाशित बेथान्चोक साप्ताहिकमा छ ।

7745
Shares

ट्रेन्डिङ