सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पुलबाट खसेर आमा–छोरी बेपत्ता

पुलबाट खसेर आमा–छोरी बेपत्ता

3335
Shares
पुलबाट खसेर आमा–छोरी बेपत्ता

 

सिन्धुपाल्चोकको जिल्लाकै दुर्गम जुगल गाउँपालिकाको दिपु र तेगा जोड्ने तेगाको पुल तर्न खोज्दा खसेर दिपु गाउँकै आमा–छोरी बे प त्ता भएका छन् ।

अझैसम्म सडक नजोडिएको जुगल गापाको दिपु र तेगा जोड्ने एउटै मात्र सम्पर्क झोलुंगे पुल गत असार १ मा ब्रम्हायाणीमा आएको बाढीले बगाएको थियो । त्यसयता काठको पुल हालेर स्थानीय आउजाउ गरिरहेका थिए ।

जिल्ला प्र ह री नायब उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार बेप त्ता हुने आमा–छोरी जुगल गापा ३ की २० वर्षीया पासाङल्हामु शेर्पासहित नौ महिनाकी डोल्माछिरिङ हुन् ।

बिहीबार छोरी च्यापेर घरबाट बिदा लिई माइती तेम्बाथान् हिँडेकी पासाङल्हामु शुक्रबारसम्म माइती नपुगेको खबर पाएपछि परिवार र आफन्तले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सडक नजोडिएको जुगल गापाको तेम्बाथानभन्दा पल्लो गाउँ दिपु तेगा पुग्न पैदल तीन दिन लाग्छ । श व फेला नपरे पनि ब्रम्हायाणी नदी क्षेत्रमा तेगा पुलभन्दा चार सय मिटर तल आमाको कम्बल र छोरीको कपडा फेला परेकाले नदीले बगाएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

 

3335
Shares

ट्रेन्डिङ