सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रे एमालेको कमाण्ड कस्ले सम्हाल्ला ?

काभ्रे एमालेको कमाण्ड कस्ले सम्हाल्ला ?

9630
Shares
काभ्रे एमालेको कमाण्ड कस्ले सम्हाल्ला ?

 

यहि पुस २३ गते काभ्रे सहित देशै भर एमालेले जिल्ला अधिवेशन गर्दैछ ।

अधिवेशनको दिन नजिकै गर्दा काभ्रेको चिया पसल देखि सार्वजनिक कार्यक्रमसम्ममा भावी नेतृत्वका बारे समूहगत छलफल हुन थालेको छ । यसले के जनाउँछ भने भावी अध्यक्षमा सर्वसम्मत हुन गाह्रो छ । तर गुटगत उम्मेदवार भने बन्ने छैनन् ।

एमाले काभ्रेको भावी अध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । ९ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पराजित भिम न्यौपाने, पार्टी विभाजन पछि अध्यक्षमा बढुवा हुनु भएका निर्वाचित उपाध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ र सचिब नारायण पाण्डे मुख्य दाबेदार देखिनुभएको छ ।

तर यी तीन जना मध्ये एक जनाले पनि अहिलेसम्म उम्मेदवारी घोषणा गर्ने हिम्मत गरेका छैनन् । आन्तरिक छलफललाई भने तीनै जनाले तीब्रता दिएका छन् । बाहिर ब्यक्त गर्न नसकेपनि भिम न्यौपानेलाई नै अध्यक्ष बनाउनु पर्ने मत सशक्त ढ्रंगले अघि बढाइएको पाइन्छ ।

कार्यकर्ताहरुको यो अभिब्यक्ति पोलिटब्युरो सदस्य एवं एमाले काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले सुनिरहेका छन् । एमाले काभ्रेको कमाण्डर कसलाई बताउने भन्नेमा बाँस्कोटाको मर्जीले ठूलो रोल खेल्ने छ ।

बाँस्कोटा यी तीन मध्ये एक जनालाई सर्वसम्मत अध्यक्ष छान्ने तयारीमा रहेको निकटस्थहरु बताउँछन् । तर अध्यक्षको आंकाक्षी भने अरु पनि देख्रिएका छन् । पदाधिकारीको आश्वास पाएर एमालेमै बसेकालाई ब्यवस्थापन गर्न पनि बाँस्कोटालाई धेरै गाह्रो रहेको बताइन्छ ।

 

 

9630
Shares

ट्रेन्डिङ