सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेली चेली प्राप्ती तामाङ द भोइस किड्सको टप १६ मा

काभ्रेली चेली प्राप्ती तामाङ द भोइस किड्सको टप १६ मा

6190
Shares
काभ्रेली चेली प्राप्ती तामाङ द भोइस किड्सको टप १६ मा

 

भनिन्छ, ‘हर कोहीसँग छुट्टै कला हुन्छ, त्यसको पहिचान गर्न र त्यसमा लगाब हुन आवश्यक छ ।’ पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ ।

अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रतिभा पहिचानमा थप मद्दत पुगेको छ । त्यसको ज्वलन्त उदाहरण हो नेपालकै ठूलो भनिएको अन्तर्राष्ट्रियस्तरको चर्चित रियालिटी गायन शो ‘द भोइस किड्स नेपाल’ र सारेगमप लिटिल च्याम्प्स नेपाल ।

नेपालमा बालबालिकाका लागि आएको ठूलो र पहिलो गायन शो यो नै हो । यहि शोबाट आफ्नो सांगितीक जिवनको दैलो उघार्न काभ्रेकी चेली प्राप्ती तामाङ अहिले द भोइस किड्स नेपाल’ मा छिन् । उनी राजु लामाको टिममा रहेकी छन् ।

५ बर्षको कलिलो उमेरमै ‘देशको बिकास गर्न अघि सरौ’ भन्ने राष्ट्रिय गीत गाएर आफ्नो गायन यात्रा शुरु गरेकी प्राप्ति तामाङ(ब्लोन) यतिखेर चर्चामा छिन् । उनले ‘द भोइस किड्स नेपाल’ को ब्लाइण्ड अडिसनमा ‘आखैमा राख्छु मेरो देश’ भन्ने गीत गाएकी थिइन् ।

उनले त्यतिबेला कोचहरु राजु लामा, मिलन नेवार र प्रमोद खरेललाई गायकीले आफूतिर चियर घुमाउन बाध्य बनाएकी प्राप्तीले ब्याटलमा ‘कसरी भनु म मनको कुरा यो’भन्ने गीत गाएकि थिइन् ।

आफ्रनै टिमको दुई जनालाई पछाडि पार्दै प्राप्ती भोटिङमा पुगेकी हुन् । भोटिङमा पुगेपछि प्राप्तीले ‘लौ है माया’ भन्ने गति गाएकी थिइन् ।
काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं ९ मंगलटारमा जन्मिएकी प्राप्तिले गीत, गजल गरी आधा दर्जन जति गीत गाईसकेकीछिन् ।

दोस्रो प्रस्तुति ‘सुख दुःख र खुसी बर्षातको पानी’ भन्ने गजल गाएकी प्राप्तिले तेस्रो गीत गीतकार तथा बरिस्ठ गजलकार अटल अनमोल(भोम्जन) शब्द तथा रुप कुमार तामाङको सङ्गीत रहेको ‘डम्फूला चरी सुनखरी, दाया र माया छ मनभरि’ भन्ने सेलो गीतमा मिठो स्वर दिएकी छिन ।

जुन गीत नयाँ बर्षको अवसर पारेर डम्फू मिडिया हाउसले बजारमा ल्याइसकेको छ । अनलाइन सिङ्गीङ स्टार अवार्ड २०२०÷०२१ को उपाधि पनि प्राप्तिले हात पारेकी थिइन् ।

गत भदौमा काठमाडौँमा आयोजना गरिएको प्रतिस्पर्धामा १६ वर्षमुनिको तर्फबाट गायनमा काभ्रेकी प्राप्ति प्रथम भएकी थिइन् । उनले त्यतिबेला १० हजार पुरस्कार प्राप्त गरेकी थिइन् । गीत संगीत क्षेत्रमा फक्रिदै गरेकी प्राप्तीलाई खल्ती एप डाउनलोड गरेर र www.khalti.con  लग इन् गरेर भोट गर्न सकिने छ ।

 

6190
Shares

ट्रेन्डिङ