सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • हिरासतमा लाउरे, पाँच वर्षकाे कैद हुन सक्ने

हिरासतमा लाउरे, पाँच वर्षकाे कैद हुन सक्ने

3700
Shares
हिरासतमा लाउरे, पाँच वर्षकाे कैद हुन सक्ने

 

काठमाडौं : गत बुधबार राति चर्चित र्‍यापर आशिष राना ‘लाउरे’सहित ४ जना पोखराबाट प क्रा उ परे।

ब्रा उ न सुगर केसमा समातिएका उनीहरू अझै एक हप्ता हिरासतमै रहने भएका छन्। शुक्रबार जिल्ला अदालत कास्कीले प्र ह रीलाई अनुसन्धानका लागि थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

लामो समयदेखि नेपाली र्‍याप क्षेत्रमा सक्रिय लाउरेले झण्डै एक दशकअघि ‘मेरो सोल्टा’ बोलको गीतबाट आफ्नो करिअर सुरु गरेका थिए। ८ वर्षअघि सञ्चालन भएको रबार्ज र्‍याप ब्याटलबाट उनी चर्चामा आएका थिए।

अहिले नेपालका सफल र्‍यापरहरूको नाम लिँदा लाउरेको नाम अगाडि नै आउँछ। लाउरेलाई नै पछ्याएर यो क्षेत्रमा प्रवेश गर्नेको संख्या पनि उल्लेख्य छ।

उनलाई सामाजिक सञ्जालमा दश लाखभन्दा बढी मानिसले फलो गर्छन् भने साढे ६ लाखभन्दा बढी सब्स्क्राइबर रहेको उनको आफ्नै युट्युब च्यानल पनि छ। उनी आफ्ना गीत सोही च्यानलमार्फत सार्वजनिक गर्ने गर्छन्।

ती बाहेक देश तथा विदेशका स्टेज कार्यक्रममा पनि लाउरेको क्रेज उत्तिकै छ। उनका ‘मेरो सोल्टा’, ‘सुपररागा’, ‘नेपहपको बाटो’, ‘साथी हो’, ‘हाउडे’ लगायतका गीत सर्वाधिक मन पराइएका गीतमा पर्छन्।

र्‍यापबाट चर्चामा आएपछि उनलाई फिल्म तथा टेलिभिजनबाट पनि विभिन्न अफर आउन थाल्यो। उनले ‘ताण्डव’ नामक नेपाली फिल्ममा अभिनय गरेका छन् भने ताण्डव, दुई रुपैयाँ लगायतका फिल्मका लागि र्‍याप पनि गाएका छन्।

बुधबार लाउरे समातिएपछि उनका फ्यान तथा शुभचिन्तकहरूमा निराशाको बादल छाएको छ। मुद्दा अहिले अनुसन्धानको क्रममा रहेकाले धेरैले लाउरे निर्दोष सावित होऊन् भनेर कामना गरिरहेका छन्।

लाउरेले यो केसबाट सजिलै मुक्ति पाउन भने गाह्रो देखिएको छ। प्र ह रीका अनुसार उनीहरूबाट १२ ग्रामभन्दा बढी ब्रा उ न सुगर बरामद भएको छ।

नेपालमा प्रचलित कानुनअनुसार लागुऔषध सेवन गरेको, राखेको र कारोबार गरेको छुट्टाछुट्टै कारबाही हुने गर्छ। लाउरेको केस ब्राउन सुगर सेवनको मात्रै हो कि उनीहरू ओसारपोसारमा पनि संलग्न छन् भनेर अनुसन्धान गरिरहेको छ।

लागुऔषध नियन्त्रण ऐन २०३३ का अनुसार लाउरेले सेवन मात्रै गरेको पुष्टि भएमा १ वर्षको कैद तथा दश हजारसम्मको जरिवाना तथा उनीहरूबाट भेटिएको लागुऔषध उनीहरूकै भएको पुष्टि भएमा ५ वर्षसम्मको कैद तथा ५ देखि २५ हजारसम्मको जरिवाना तिर्नुपर्ने हुनेछ।

अहिलेसम्म कुनै पनि विवादमा नतानिएका लाउरेलाई पछिल्लो घटनाले ठूलो धक्का दिएको छ। उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक पनि हुन्। अहिले चौथो सिजन चलिरहेको शोमा लाउरे पहिलो सिजनदेखि नै आबद्ध छन्।

चार दिनअघि मात्रै रोडिजको नयाँ सिजनको तेस्रो भाग प्रसारण भएको छ। पछिल्लो घटनापछि रोडिजको निर्णायकमा लाउरे फर्कने सम्भावना कम देखिएको छ। उनको स्थानमा को आउँछ भन्ने कुरा पनि चासोको विषय बनेको छ।

योबाहेक पछिल्लो घ ट नाले उनको व्यक्तिगत जीवनमा र करिअरमा कस्तो असर पार्छ भन्ने कुरा भने हेर्न बाँकी नै छ। प्र ह रीका अनुसार शक्रबारसम्म अर्काे चरणकाे अनुसन्धानको रिपोर्ट सार्वजनिक हुनेछ।

 

3700
Shares

ट्रेन्डिङ