सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • त्रिभुवन विमानस्थलमा करेन्ट चाउचाउको कार्टुनभित्र भेटियो ५० लाख

त्रिभुवन विमानस्थलमा करेन्ट चाउचाउको कार्टुनभित्र भेटियो ५० लाख

21830
Shares
त्रिभुवन विमानस्थलमा करेन्ट चाउचाउको कार्टुनभित्र भेटियो ५० लाख

 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाउचाउको कार्टुनमा लुकाएर राखेको ५० लाख रूपैयाँसहित एकजनालाई प क्रा उ गरिएको छ ।

सौर्य एयरलाइन्समार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको सो रकम विशेष सुराकीका आधारमा विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।

विमानस्थल प्र ह री प्रमुख सुरेन्द्रप्रसाद मैनालीका अनुसार करेन्ट चाउचाउको कार्टुनभित्र राखिएको उक्त रकमसहित विमानस्थलमा संकलन गर्न आएकी सौर्य एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई प क्रा उ गरिएको छ ।

उनी सौर्य एयरलाइन्सको काठमाडौं कार्यालयमा एसिस्टेन्ट पदमा कार्यरत हुन् । बाहिर भद्रपुर लेखिएको रातो रङको मेल ब्यागमा करेन्ट चाउचाउको कार्टुनभित्र उक्त रकम फेला परेको थियो ।

कार्टुनभित्र एक हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका एक हजार वटा नोटहरु थिए । बरामद रकमसहित पोखरेललाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको प्र ह रीले जनाएको छ ।

१० लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने कानूनी प्रावधान छ ।

 

21830
Shares

ट्रेन्डिङ