सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ ५ दलले यसरी गरे बाँडफाँट

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ ५ दलले यसरी गरे बाँडफाँट

2555
Shares
राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ ५ दलले यसरी गरे बाँडफाँट

 

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने भएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले तालमेल गरेर जाने निर्णय गरेका हुन्।
राष्ट्रिय सभामा २० सदस्यको पदावधि यही फागुनमा सकिँदैछ।

नेकपा एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका चार/चार र एक जना मनोनीतको पदावधि सकिने भएपछि ती पदमा निर्वाचन गर्न लागिएको हो।

राष्ट्रिय सभामा मनोनीत तीन जनामध्ये रामनारायण बिडारीको पदावधि सकिँदैछ। मनोनीतबाहेक रिक्त १९ पदमा सत्तारूढ गठबन्धनले भागबन्डा गरेका छन्।

पहिले जुन पार्टीबाट सदस्य रिक्त भएको हो त्यो उक्त पार्टीलाई नै दिने र बाँकी रहने ८ सिटमा भने भागबन्डा गरिएको छ। जसअनुसार कांग्रेसका तीन, एकीकृत समाजवादी र माओवादीका चार/चार सिटमा उम्मेदवारी दिन पाउनेछन्। एमालेबाट रिक्त ८ सिट भने सत्ता गठबन्धनले भागबन्डा गरेर उम्मेदवार उठाउने भएका छन्।

‘आठ सिटमध्ये तीन कांग्रेसलाई, जसपालाई २ र माओवादी तथा नेकपा एकीकृत समाजवादीलाई एक/एक र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने गरी निर्णय भएको हो,’ गठबन्धन बैठकमा सहभागी राजमो उपाध्यक्ष दुर्गा पौडेलले भनिन्।

मंगलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। सातै प्रदेशमा निर्वाचन आयोगले निर्वाचन अधिकृत कार्यालय खोलिसकेको छ। सत्तारूढ गठबन्धनले तालमेल गरेअनुसार कांग्रेसले छ जना उम्मेदवार तय गर्नुपर्ने हुन्छ।

त्यसका लागि आज २ बजे केन्द्रीय समिति बैठक बोलाइएको छ। कांग्रेसमा संसदीय समितिले उम्मेदवार तय गर्ने व्यवस्था छ। नेकपा माओवादीले पाँच र नेकपा एकीकृत समाजवादीले पनि पाँच सिटमा उम्मेदवार उठाउनुपर्ने हुन्छ।

त्यस्तै जसपाले दुई उम्मेदवार उठानेछ भने राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवार उठाउनेछ। राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले पनि उम्मेदवारहरू उठाउन प्रदेशहरूबाट उम्मेदवारको नाम मागेको छ।

 

2555
Shares

ट्रेन्डिङ