सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध

2755
Shares
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध

 

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् ।

आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो ।

ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरकेा थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् ।

अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

 

2755
Shares

ट्रेन्डिङ