सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’का भाइ प क्रा उ

३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’का भाइ प क्रा उ

3150
Shares
३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’का भाइ प क्रा उ

 

३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइलाई प्र ह रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प क्रा उ गरेको छ ।

मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई प क्रा उ गरिएको प्र ह री प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार थिए ।

२०७४ माघमा चूडामणि उप्रेती ‘गोरे’ को समुहले दुबईबाट ल्याएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएको थियो ।

विमानस्थलबाट पास गरेपछि हराएको ३३ किलो सुन लुकाएको आरोपमा तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या गरेका थिए । घट नाबारे सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाएर गृह मन्त्रालयले छानविन गरेको थियो ।

छानविन प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले ‘गोरे’का दाजुभाइसहित ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतबाट सो मुद्दा फैसला भैसकेको छ ।

 

3150
Shares

ट्रेन्डिङ