सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा बाँस्कोटालाई ‘कम्फटेबल’ अध्यक्ष को होलान् ?

काभ्रेमा बाँस्कोटालाई ‘कम्फटेबल’ अध्यक्ष को होलान् ?

5615
Shares
काभ्रेमा बाँस्कोटालाई ‘कम्फटेबल’ अध्यक्ष को होलान् ?

 

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षका लागि रस्साकस्सी निकै बढेको छ ।

अहिलेसम्म अध्यक्षको दाबी गरेका भनिएका मध्ये एक जनाले पनि उम्मेदवारी चाँहि घोषणा गर्न सकेका छैनन् । भित्रभित्रै उनीहरुले तयारी गरिरहेका छन् ।

अध्यक्षको दौडमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ, भिम न्यौपाने, नारायण पाण्डे, चन्द्र लामा र कञ्चन अधिकारी देखिएका छन् । यस मध्ये ब्याञ्जु बाहेक अधिकांशले बाँस्कोटालाई घुर्कि लगाउन र पदाधिकारीमा आफुलाई सुरक्षित राख्न अध्यक्षको कार्ड फालेको बताइन्छ ।

ब्याञ्जु यसअघि ९ औँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । पार्टी विभाजनपछि अध्यक्षको जिम्मेवारी समेत ब्याञ्जुले नै सम्हालिरहनुभएको छ । प्रदेश र केन्द्रीय कमिटीमा समेत कुनै स्पेस नपाएपछि स्वतः जिल्ला पार्टी अध्यक्ष हुन पाउनुपर्ने अडान ब्याञ्जुको देखिन्छ ।

तर ब्याञ्जुलाई बाँस्कोटाले चाहेजति ‘कम्फटेबल’ नसम्झिएको स्रोतको दाबी छ । उसो त अध्यक्षको दाबी गर्ने अन्य ४ जनाले पनि आफ्नो स्पष्ट धारणा सहित अधिवेशन प्रतिनिधि माज उपस्थिति जनाइसकेका छैनन् ।

कतिपय एमाले निकटस्थहरु ब्याञ्जुलाई बाँस्कोटाले आफ्नो प्रतिद्धन्द्धीका रुपमा समेत हेर्ने गरेको दाबी गर्छन् । ब्याञ्जुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध पनि पछिल्लो कालमा निकै बढेको छ ।

ब्याञ्जुले चाहे भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बाँस्कोटाको माध्यम प्रयोग नगरिकनै पनि भेट्न सक्ने स्थिति निर्माण भइसकेको छ ।

बाँस्कोटा यो मामिलामा निकै सिपालु छन् । आफुभन्दा माथि अन्य कसैलाई पनि सहजै रुपमा जान नदिने उनको पुरानै बानी हो । तर पनि ब्याञ्जुको विकल्प भने अहिलेसम्म निकै कमको मात्रै देखिएको छ ।

बन्दसत्रको हलसम्म लगभग ब्याञ्जु अध्यक्षको सुरक्षित मानिनुभएको छ । त्यसपछि माहोल बिग्रिएन भने सम्भवतः बाँस्कोटाको कम सूची हुँदा हुँदै पनि ब्याञ्जु अध्यक्ष बन्नु हुनेछ । ब्याञ्जुलाई पनि बाध्यता देखिन्छ । माहोल बिग्रियो भने कि उपाध्यक्षमै दोहोरिनु पर्छ कि त राजनीतिको कार्यकारी भुमिकाबाट पछि हट्नु पर्छ ।

तर ब्याञ्जु यी दुबै विकल्पमा जान चाहादैनन् । बाँस्कोटाले पूरापुर विश्वास गर्ने अवस्था आएन भने ब्याञ्जुले अन्य केन्द्रीय अन्य नेताहरुको समेत साहारा प्रयोग गर्ने देखिन्छ । भिम न्यौपाने र नारायण पाण्डे पार्टी काममा खासै नजाने गरेको रिर्पोटिङ बाँस्कोटा बृत्तमा छ ।

कञ्चन अधिकारीलाइ बाँस्कोटाको निकै विश्वाससिलो पात्रोको रुपमा हेरिन्छ । तर पनि बाँस्कोटाले यति सजिलै जिल्ला अध्यक्ष जस्तो अति महत्वपूर्ण पदको जिम्मेवारी अधिकारीलाई यसै पालि सुम्पिन्छन् भन्नेमा चाँहि शं का गर्ने धेरै छन् ।

चन्द्र लामापनि बाँस्कोटाले रुचाएको ब्यक्तिभित्र पर्दैनन् । गएको निर्वाचनमा लामाले प्रदेश सभाको लागि टिकट ल्याउँदा देखिनै बाँस्कोटा रुष्ट बनेको स्रोतको दाबी छ ।

राजनीतिमा औपचारिक तथा अपनौचारिक कार्यक्रममा देखिने हार्दिकता पार्टी जीवनभित्र नदिएको थ्रुपै उदाहरण देखिएको छ ।

 

5615
Shares

ट्रेन्डिङ