सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित ३०० भन्दा बढी विरुद्ध पक्राउ पूर्जी जारी

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित ३०० भन्दा बढी विरुद्ध पक्राउ पूर्जी जारी

2760
Shares
बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित ३०० भन्दा बढी विरुद्ध पक्राउ पूर्जी जारी

 

प्र ह रीकाे केन्द्रीय अनुसन्धान ब्युराे(सिआइबी) ले बालुवाटार जग्गा प्रकरणमा तीन सय जनाभन्दा बढीविरुद्ध प क्रा उ पूर्जी जारी गरेकाे छ ।

ब्युराेले कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका पूर्व प्रमुख आयुक्त दीपकुमार बस्न्यात, पूर्वसचिव नारायणगाेपाल मलेगाेलगायतलाई प क्रा उ गर्न अदालतबाट आदेश पाएकाे हाे ।

प क्रा उ पूर्जी जारी भएकाहरूलाई प क्रा उ गर्न ब्युराे लागिरहेकाे ब्युरोका निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए । यसभन्दा अगाडि जग्गा प्रकरणमा शाेभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदी प क्रा उ परिसकेका छन् । उनीहरू अहिले थुनामा छन् ।

अनुसन्धान आयाेगका पूर्वप्रमुख आयुक्त बस्न्यातसँगै उनका छाेरा कमल बस्नेत, ज्वाइँद्वय प्रज्जवल अधिकारी र मनाेज सुवेदीमाथि शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेकाे छ ।

ब्युराे प्रवक्ता प्र ह री उपरीक्षक श्यामकुमार महताेले अनुसन्धानकाे क्रममा दाेषी देखिएकालाई थप अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरिँदै आएकाे बताए ।
‘याे मु द्धा सानाे हाेइन, अनुसन्धान गर्दै जाँदा जाे-जाे मुछिन्छन् उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छाैं,’ उनले भने ।

बालुवाटार जग्गा प्रकरणमा नेकपा एमाले नेता विष्णु पौडेल पनि मुछिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनी ठगिएको भन्दै उक्त आरोपबाट पन्छाउन खोजेका थिए ।

बालुवाटार जग्गा प्रकरण लामो समयदेखि निकै चर्चाको विषय बनेको छ । सरकारले उक्त प्रकरणमाथि अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिएको थियो ।

 

2760
Shares

ट्रेन्डिङ