सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लव श्रेष्ठद्धारा एमाले रामेछापको अध्यक्षमा उम्मेदवारी घोषणा

लव श्रेष्ठद्धारा एमाले रामेछापको अध्यक्षमा उम्मेदवारी घोषणा

2815
Shares
लव श्रेष्ठद्धारा एमाले रामेछापको अध्यक्षमा उम्मेदवारी घोषणा

 

नेकपा एमाले रामेछापका जिल्ला सचिवालय सदस्य लव श्रेष्ठले जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

यहि पौष २३ र २४ गते मन्थलीमा हुने पार्टीको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बन्नका लागि श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् ।

आज सचिवालयको बैठक बसेर युवा नेता तथा सचिवालय सदस्य श्रेष्ठले जिल्ला अध्यक्ष पदका लागि उम्मेरदवारीको घोषणा गरेका हुन् । जिल्ला अध्यक्षका लागि यसअघि हालका जिल्ला सचिव आनन्द कुमार श्रेष्ठलेले पनि उम्मेरदवारीको घोषणा गरिसकेका छन् । उ

पाध्यक्षसमेत रहेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङको पनि अध्यक्षमा दाबेदारी छ । मुख्य दाबेदारीका रुपमा भने श्रेष्ठ द्धोयलाई हेरिएको छ ।

एमाले रामेछापको सचविालय सदस्य रहेका अर्का नेता ध्रुब कार्कीले पनि अध्यक्षका लागि भित्री तयारी गरिरहेको बताइए पनि अहिले झम्क कँडेलले पनि अध्यक्ष पदका लागि उम्मेरदवारी दिने बताइएको छ ।

 

 

2815
Shares

ट्रेन्डिङ