सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रे खानीखोलामा विद्यालयको मनोमानीः स्वर्गीय प्रधानाध्यापकको तलब दिन आलटाल

काभ्रे खानीखोलामा विद्यालयको मनोमानीः स्वर्गीय प्रधानाध्यापकको तलब दिन आलटाल

6070
Shares
काभ्रे खानीखोलामा विद्यालयको मनोमानीः स्वर्गीय प्रधानाध्यापकको तलब दिन आलटाल

 

काभ्रे : खानीखोला गाँउपालिका वडा नम्बर १ हात्तीडाँडामा रहेको कालिका प्राथामिक विद्यालयले मृ त क प्रधानाध्पाक जुनीमाया गोले भोलनको तलब दिन आलटाल गरेको छ ।

जुनीमा गोलेको २०७६ साल चैतको ३ गते काभ्रे जिल्ला पनौती बसपर्कमा बा ५ ख ५४८० नम्बरको टिपर ठ क्क र दिँदा नि धन भएको थियो ।

जुन मायाले विद्यालयबाट ५ महिनाको तलब लिन बाँकी रहेको र तलबको खोजीनिति गर्दा विद्यालयका प्रधानाध्यपाक कपिन्द्र लोप्चनले ध म्की पुर्ण भाषा प्रयोग गर्ने गरेको स्वर्गीय जुनीका श्रीमान छिरिङ लामा भोलनले बताउनुभयो ।

तलबका बारे सोध्दा प्रधानाध्यापक लोप्चन र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाल मान भोलनले ‘स्थानिय सरकरका अध्यक्ष ज्युले अहिले नझिक्नु भन्नु भएको भन्ने जवाफ दिने गरेको छिरिङले बताउनुभयो ।

जुनी मायाको तलब विद्यालयको खातामा २ लाख ६६ हजार रुपैयाँ रहेको छ । ‘मैले धेरै कोशिस गरे । तर विद्यालयका प्रधानाध्यापक लोप्चन र अध्यक्ष भोलनले दिन मानिरहनु भएकै छैन् । म अचम्म परेको छु । काम गरेको तलब माग्दा पनि नपाइने कस्तो अवस्था हो यो ? मैले गाउँपालिका अध्यक्षलाई समेत पुकार गरेँ ।

म रेको मान्छेको पैसामा राजनिति गर्न खोजेको मलाई लागेको छ । प्रधानाध्यपाक लोप्चनले जे जहाँ सम्म गर्छस् मैले पनि गर्छु भनेर च्यालेन्ज गर्नु हुन्छ । यो भन्दा पहिला पनि जुनीको नाममा देउता किन्ने कोशिस विद्यालयले गरेको थियो । छिरिङले भन्नुभयो ।’

 

6070
Shares

ट्रेन्डिङ