सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिलिन्डर पड्किँदा एक जनाको ज्यान गयो, १२ जना घा इ ते

सिलिन्डर पड्किँदा एक जनाको ज्यान गयो, १२ जना घा इ ते

4040
Shares
सिलिन्डर पड्किँदा एक जनाको ज्यान गयो, १२ जना घा इ ते

 

झापा, २२ पुस : झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको ज्या न गएको छ । १२ जना घा इ ते भएका छन् ।

गएराति मेचीनगर नगरपालिका वडा नम्बर ७ पिपलचोकमा आगलागी हुँदा निभाउने क्रममा मेचीनगर–८ का ४५ वर्षका सारद राजवंशीको ज्या न गएको जिल्ला प्र ह री कार्यालय झापाले जनाएको छ ।

स्थानीय केशव पाठकको एक तले कच्चिघरमा आगलागी हुँदा ग्यास सिलिन्डर पड्किँदा अरु १२ जना घा इ ते भएका छन् ।

घा इ ते हुनेमा लेखनाथ तिमल्सिना, गोविन्दप्रसाद राजवंशी, दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानीशंकर न्यौपाने, हरि विक, निर्मल शर्मा र सुशीला अधिकारी रहेका छन् ।

घा इ ते ११ जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्र ह री नायब उपरीक्षक एवम् सूचना अधिकारी वसन्त पाठकले जानकारी दिनुभयो ।

सुशीला अधिकारी डिस्चार्ज हुनुभएको छ । आगो नगरपालिकाको दमकल, प्र ह री र स्थानीय बासिन्दाले निभाएका छन् ।

 

4040
Shares

ट्रेन्डिङ