सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदै, यस्तो छ र्‍याली र पार्किङ रुट

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदै, यस्तो छ र्‍याली र पार्किङ रुट

3975
Shares
एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदै, यस्तो छ र्‍याली र पार्किङ रुट

 

काभ्रे: नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको उदघाटनका लागि आवश्यक तयारी सबै पुरा भइसकेको एमाले काभ्रेले जनाएको छ ।

अधिवेशन आयोजक मुल समितिले अधिवेशनको खुल्लासत्र कार्यक्रमका लागि र्‍याली र पार्किङको रुट सार्वजनिक गरेको छ । मुल र्‍याली धुलिखेलको पुरानो बसपार्क (हङकङ) पार्कबाट सुरु हुनेछ ।

अरनिको राजमार्गको रुट अन्तर्गत पाँचखाल, मण्डनदेउपुर, भुम्लु र चौरीदेउराली गाउँपालिकाबाट आउने यातायातका साधन होटल प्रिन्सेससँगैको बसपार्कमा पार्किङ गर्ने ब्यवस्था मिलाइएको छ । त्यहीँबाट एउटा र्‍याली निस्कने छ । जुन मुल र्‍यालीमा मिसिनेछ ।

अरनिको रामजमार्गकै अर्को रुट अन्तर्गत बनेपा, पनौती, खानीखोला र बेथानचोक गाउँपालिकाबाट आउने सवारी साधन बाँसघारीमा पार्किङ हुनेछ । बाँसघारीबाट आउने र्याली हङकङ बजारको मुल र्‍यालीमा सहभागि हुनेछ ।

बिपी राजमार्गको रुट भएर नमोबुद्ध, तेमाल, रोशी र महाभारत गाउँपालकाबाट आउने सवारी साधन बेजिङ्ग प्यान्टदेखि शैक्षिक तालिम केन्द्र जानेबाटोसम्म पार्किङ हुनेछ । शैक्षिक तालिम केन्द्र जानेबाटोबाट निस्कने र्‍याली पनि मुल र्‍यालीमै मिसिनेछ ।

पिपलबोट देखि भट्टिडाँडा जाने सडकमा र्याली भन्दा अगाडी प्रवेश गर्ने मोटरसाइकल तथा अन्य सवारी साधानहरु रहनेछ । र्यालीको मुख्य रुट हङकङ पार्कबाट सुरु हुनेछ ।

यो र्याली जिल्लाको मुल र्‍याली हो । बिपी चोक, अस्पताल चोक हुँदै पुरानो बजार, नारायणस्थान, सरस्वती बजार, सञ्जिवनी बजार हुँदै कार्यक्रम स्थल धुलिखेलको रंगशालासम्म र्‍याली पुग्ने छ । जहाँ अधिवेशनको उदघाटन एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

 

3975
Shares

ट्रेन्डिङ