सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रे एमालेका यी ५ हस्तीः अध्यक्षमा बाँस्कोटाले अहिलेसम्म कसैलाई दिएनन् ‘ग्रीनसिग्नल’

काभ्रे एमालेका यी ५ हस्तीः अध्यक्षमा बाँस्कोटाले अहिलेसम्म कसैलाई दिएनन् ‘ग्रीनसिग्नल’

3570
Shares
काभ्रे एमालेका यी ५ हस्तीः अध्यक्षमा बाँस्कोटाले अहिलेसम्म कसैलाई दिएनन् ‘ग्रीनसिग्नल’

 

एमाले काभ्रेको नेतृत्व कसले सम्हाल्ला भनेर निकै चासो पूर्वक हेरिएको छ ।

अहिलेसम्म चर्चामा आएका तर उम्मेदवारी घोषणा गर्न नसकेका ५ जना एमाले पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको ग्रीनसिग्नलको पर्खाइमा छन् ।

अध्यक्ष बन्ने दौडमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ, चन्द्र लामा, भिम न्यौपाने, कञ्चन अधिकारी र नारायण पाण्डे देखिएका छन् । तर यी ५ जना मध्ये नेतृत्वका लागि एक जनासंग पनि बाँस्कोटाले वान टु वान कुराकानी नगरेको स्रोतको दाबी छ ।

उनीहरुले पनि बाँस्कोटासँग कुराकानी गर्ने हिम्मत गर्न सकेका छन् । सम्भवतः एकै पटक बन्दसत्रमा नेतृत्वको कुरा उठ्ने छ । त्यहि बेला बाँस्कोटाले आफ्ना दिलले खाएकालाई अध्यक्षको टिका लगाइदिने छन् ।

अरुले ताली पड्काउने छन् । अध्यक्षको दौडमा अहिलेसम्म मिलिजुली खबरलाई प्राप्त विवरण अनुसार अशोक कुमार ब्याञ्जु श्रेष्ठ नै शीर्षस्थानमा हुनुहुन्छ । तर बन्दको बिचमा राजनीतिक खेल ब्यापक हुने देखिएको छ ।

भुगोल देखि जातसम्मले प्रभाव पर्नेछ । जिल्ला, राष्ट्रिय राजनीति र अन्तराष्ट्रिय सम्बन्धका हिसाबले पनि ब्याञ्जुले आफुलाई अध्यक्षको सशक्त उम्मेदवारीका रुपमा प्रस्तुत गरेका छन् । तर कयौँ कर्याकर्तालाई सेटल गराउनु पर्ने बाध्यतामा बाँस्कोटा छन् ।

बाँस्कोटाले अहिलेसम्म नेतृत्वका लागि कसै कुरा नगरेपछि अध्यक्ष सहितका पदाधिकारी दाबी गरेकाहरु निराश देखिन्छन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिब, र दुई जना उपसचिब अधिवेशनले चयन गर्नुपर्ने हुन्छ । त्यस्तै १ सय जना जिल्ला सदस्य अधिवेशनबाट निर्वाचित हुनेछ । जम्मा जिल्ला कमिटी संख्या १०५ जनाको हुनेछ ।

 

3570
Shares

ट्रेन्डिङ