सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एमाले काभ्रेको जिल्ला अधिवेशनः भोट हाल्न सिक्दै प्रतिनिधीहरु

एमाले काभ्रेको जिल्ला अधिवेशनः भोट हाल्न सिक्दै प्रतिनिधीहरु

4585
Shares
एमाले काभ्रेको जिल्ला अधिवेशनः  भोट हाल्न सिक्दै प्रतिनिधीहरु

 

काभ्रे : नेकपा एमाले काभ्रेले १० औँ जिल्ला अधिवेशनमा प्रयोग हुने विद्युतिय भोटिङ मेसिन प्रयोगको अभ्यास सुरु भएको छ ।

अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु भोटिङ मेसिनको प्रयोगको अभ्यासमा जुटेका हुन् । हिजोबाट सुरु भएको जिल्ला जिल्ला अधिवेशनमा आज बन्द सत्र चलिरहेको छ ।

एमाले काभ्रेले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने कसरतमा छ । सहमतिमा जान नसके चुनाव हुने भएकाले प्रतिनिधीहरु भोटिङ मेसिनको प्रयोगको अभ्यासमा लागिपरेका छन् ।

एमाले काभ्रेले प्रतिनिधिको विवरण समेत सार्वजनिक गरिसकेसको छ । अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि बनेपा नगरपालिकाबाट छन् । त्यहाँबाट १४१ जना प्रतिनिधि सहभागी हुनेछन् ।

त्यस्तै धुलिखेल नगरपालिकाबाट १२८ जना, पनौती नगरपालिकाबाट ११९ जना, मण्डनदेउपुर नगरपालिकाबाट ११५ जना, पाँचखाल नगरपालिकाबाट ११२ जना र नमोबुद्ध नगरपालिकाबाट ९७ जना प्रतिनिधि अधिवेशनमा सहभागि हुने एमाले काभ्रे १० औँ जिल्ला अधिवेशन प्रचारप्रसार उपसमितिले जनाएको छ ।

त्यस्तै ७ वटा गाउँपालिका मध्ये सबैभन्दा बढी रोशी गाँउपालिकाबाट ३ जना प्रतिनिधि सहभागि हुनेछन् । तेमाल गाउँपालिकाबाट ७० जना, भुम्लु गाउँपालिकाबाट ६० जना, चौरीदेउराली गाउँपालिकाबाट ५ जना, खानीखोला गाउँपालिकाबाट ५० जना, बेथानचोक गाउँपालिकाबाट ४६ र महाभारत गाउँपालिकाबाट ४५ जना प्रतिनिधि सहभागि हुने बताइएको छ ।

त्यस्तै जनसंगठन/ पेशागत संगठन तर्फबाट ४४ जना, जिल्ला कमिटीबाट ६५ जना, सल्लाहकार कमिटीबाट १७ जना, निर्वाचन कमिटीबाट ७ जना र लेखा कमिटीबाट ६ जना प्रतिनिधि सहभागि हुनेछन् ।

 

 

4585
Shares

ट्रेन्डिङ