सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • एमाले काभ्रेको अधिवेशन : भित्र सर्वसहमतिको प्रयास, बाहिर महिला प्रतिनिधिको नाचगान

एमाले काभ्रेको अधिवेशन : भित्र सर्वसहमतिको प्रयास, बाहिर महिला प्रतिनिधिको नाचगान

4655
Shares
एमाले काभ्रेको अधिवेशन : भित्र सर्वसहमतिको प्रयास, बाहिर महिला प्रतिनिधिको नाचगान

 

 

काभ्रे : नेकपा एमाले काभ्रेमा नयाँ नेतृत्व चयनका लागि सर्वसहमतिको प्रयास जारी छ ।

सकेसम्म सर्वसहमतिबाटै नेतृत्व चयन गर्न यतिबेला बन्दसत्रमा एमालेका जिल्ला ईन्चार्ज तथा पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा लगायतका नेताहरु छलफलमा छन् ।

हिजोबाट सुरु भएको जिल्ला अधिवेशनमा आज सर्वसहमतबाटै नयाँ नेतृत्व चयनका लागि बन्दसत्रमा छलफल भइरहेको हो ।

सहमति नजुटेमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुनेछ । यदि निर्वाचन भयो भने विद्युतिय भोटिङ मेसिनको प्रयोग गरिनेछ ।

त्यसका लागि प्रतिनिधीहरुले आजै विद्युतिय भोटिङ मेसिन प्रयोगको अभ्यास पनि गरेका छन् ।

नेताहरु सर्वसहमतिको प्रयासमा ब्यस्त हुँदा महिला प्रतिनिधिहरु गीतमार्फत आफ्नो माग राख्दै रमाईलो गरिरहेका छन् ।

बन्दसत्र धुलिखेल नगरपालिकाको नवनिर्मित सभाहलमा भईरहेको छ।

 

4655
Shares

ट्रेन्डिङ