सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एमाले काभ्रे अधिवेशनः अरु दलबाट आएकालाई हाई सन्चो, एमाले कर्याकर्ता सेटल गर्न मुस्किल

एमाले काभ्रे अधिवेशनः अरु दलबाट आएकालाई हाई सन्चो, एमाले कर्याकर्ता सेटल गर्न मुस्किल

4260
Shares
एमाले काभ्रे अधिवेशनः अरु दलबाट आएकालाई हाई सन्चो, एमाले कर्याकर्ता सेटल गर्न मुस्किल

 

नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट अध्यक्ष र एक जना उपसचिब सर्वसम्मत चयन हुनुभएको छ ।

अध्यक्षमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ र उपसचिबमा रिता ढकाल सर्वसम्मत चयन हुनभएको हो । ढकालले नेकपाकालिन अवस्थाबाटै एमालेमा निरन्तरता दिनुभयो । अथवा उहाँलाई पनि पार्टी एकता प्रक्रियामा एमालेमै रहेकाको रुपमा परिभाषित गरेर सर्वसम्मत गराइएको हो ।

अध्यक्ष बाहेक पार्टी एकता प्रक्रियामा रहेका उपसचिब सहित २२ जना जिल्ला सदस्यमा सर्वसम्मत गराइएको छ । उनीहरु नेकपा माओवादी, राप्रपा, तत्कालिन विप्लव समूह, मोहन बैद्य किरण लगायतका दल त्यागेर एमाले प्रवेश गरेका नेता कार्यकर्ता छन् ।

बन्दसत्रले पार्टी एकताको प्रक्रियामा एमालेमै रहेका सबैको ब्यवस्थापन गरेको छ । तर एमालेभित्रैका कार्यकर्ताको भने सेटल सर्वसम्मत हुन सकेन् । १०५ जना नै जिल्ला कमिटी सर्वसम्मत गराउन भएको कयन प्रयास असफल भयो ।

त्यसका बाबजुद भोली विहानैदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । यद्यदी नेताहरुले आज रातभर पनि सहमतिको प्रयासलाई जारी नै राख्ने बताइएका छन् । अब एक जना उपाध्यक्ष, एक जना सचिब र एक जना उपसचिब सहित ८२ जनाका लागि निर्वाचन हुने पक्का भएको छ ।

शनिबार दिनभर जसो चलेको बन्दसत्रले २३ जनाको नाम सर्वसम्मत पारित गरेको हो । आकांक्षी धेरै निस्किएपछि ३ पदाधिकारी र ७९ जना जिल्ला कमिटी सदस्यमा निर्वाचन हुन लागेको हो । यी सबै पदमा आकांक्षी धेरै देखिएका छन् ।

 

4260
Shares

ट्रेन्डिङ